विराटनगर महानगरपालिका क्षेत्रका तेक्वान्दो खेलाडीको बेल्ट ग्रेडिङ सम्पन्न भएको छ। बेल्ट ग्रेडिङमा २५ जना खेलाडीले भाग लिएका थिए।
तेक्वान्दो खेलका कलर बेल्ट खेलाडीहरूको ग्रेडिङ वृद्धि भएपछि उनीहरूलाई बेल्ट र प्रमाणपत्र वितरण गरिएको छ। नेपाल राष्ट्रिय मार्सल आर्ट गेम्स महासंघको केन्द्रीय अध्यक्ष तथा आइटिएफ तेक्वान्दो प्रदेश १ का अध्यक्ष प्रवीणकुमार कार्कीले बेल्ट ग्रेड वृद्धि भएका खेलाडीलाई निलो र रातो बेल्ट तथा प्रमाणपत्र प्रदान गरेका थिए।
अध्यक्ष कार्कीले राज्यले खेलकुद क्षेत्रलाई प्राथमिकता राख्न नसक्दा खेलकुद क्षेत्र पछाडि परेको गुनासो गरे। स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिहरूले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गरे। तीन तहको सरकारले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेमात्र यस क्षेत्रको विकास हुने उनको भनाइ थियो।
प्रकाशित: १६ जेष्ठ २०७९ ११:१७ सोमबार