२१ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

प्रथम मोहन स्मृति व्याडमिन्टन: काठमाडौंको ग्यालेक्सी पब्लिक स्कुल उत्कृष्ट घोषित

उत्कृष्ठ विद्यालय काठमाडौंको ग्यालेक्सी पक्लिक स्कुल ट्रफीको साथ। तस्बिर नागरिक

पोखरामा आयोजित विद्यालयस्तरीय ‘प्रथम मोहन स्मृति’ राष्ट्रिय व्याडमिन्टन प्रतियोगितामा ग्यालेक्सी पब्लिक स्कुल च्याम्पियन बनेको छ। विभिन्न आठ इभेण्टमा प्रतिस्पर्धा गराईको थियो।

प्राथमिक विद्यालय तहका १३ वर्षमुनिको छात्र तर्फको प्रतिश्पर्धामा रुपन्देहीका सुदेश राजकोटी च्याम्पियन बनेका छन्। उनले खैरेनी सेकेण्डरी स्कुल तनहुँका सफल भुजेललाई २१–१३, १६–२१ र २१–१५ का सेटमा पराजित गर्दै  उपाधि जिते। तेस्रो स्थानमा अनिस सिम्खडा(ईम्पेरियल वल्र्ड स्कुल र सुवन कार्की(एपेक्स) मा रहे।  

मोहन व्याडमिन्टन फाउण्डेशनको आयोजनामा पोखरा रंगशाला व्याडमिन्टन हलमा भएको प्रतिस्पर्धा अन्तर्गत छात्रा तर्फको प्रतिस्पर्धामा ग्यालेक्सी पब्लिक स्कुल काठमाडौंकी रिहाना शेरचनले स्वर्ण पदक जितिन् । उनले बी.डि.एस ललितपुरकी तिशारानी शाक्यलाई १८–२१, २१–१४ र २१–९ को सेटमा उत्कृष्ट पुनरागमन जित निकाल्दै स्वर्ण पदक जितेकी हुन । शाक्यले रजत पदकमा चित्त बुझाईन्। अस्मिता खत्री(लालीगुराँस नेशनल सेकेण्डरी स्कुल) र समृद्धि श्रेष्ठ(त्रिभुवन आर्मी) ले काँस्य पदक जितेका छन्।  

छात्रको मावि तह(१६ वर्षमुनिका) को प्रतिस्पर्धामा सुर्खेतका कबीर केसीले स्वर्ण पदक जितेका छन्। केसीले सुनाखरी एकेडेमीका रोधन राईलाई २१–१५, २१–१३ को सोझो सेटमा पराजित गरेका थिए। राईले रजत र दाङका सुविन श्रेष्ठ र भोजपुरका योनिश राईले कास्य पदक जित्न सफल भए।  

छात्रा तर्फको प्रतिस्पर्धामा भ्याली भ्यु बोर्डिङस्कुलकी एन्जेल लिम्बुले स्वर्ण पदक जितिन्। लिम्बुले  ग्यालेक्सी पब्लिस स्कुल काठमाडौंकी रिहाना शेरचनलाई १५–२१, २१–१५, २१–१३ को पुनरागमन जित निकाल्दै स्वर्ण चुमिन्। रिहानाले रजत र कास्की मोर्डनाईज्डकी दिलाशा राना र रत्नज्योति स्कुलकी आयुष्मा नेपालले कास्य पदक जितेका छन्।  

यु–१७ छात्र खुल्ला तर्फको प्रतिस्पर्धामा त्रिभुवन आर्मीका डेविड थापा मगरले स्वर्ण पदक जिते। उनले सुर्खेतका नरेन्द्र बमलाई २१–१०, २१–१८ को सेटमा पराजित गर्दै स्वर्ण चुमे। बमले रजत र मनोज फौदार(लाफा)ले कास्य पदक जितेका छन्।

छात्रा तर्फको प्रतिस्पर्धामा सुर्खेतकी पुष्पा शाहीले काठमाडौंकी एन्जेल लिम्बुललाई २१–२३, २१–१० र २१–१४ को सेटमा पराजित गर्दै स्वर्ण पदक जितिन्। लिम्बुले रजत र भोजपुर युनिक युनाईटेड एकेडेमीकी उपमा खड्का र कास्की मोर्डनाईज्डकी दिलाशा रानाले कास्य पदक जिते।  

छात्र खुल्ला डबल्स तर्फको इभेण्टमा सुर्खेतका कविर केसी र नरेन्द्र बमको जोडीले लाफाका डेभिड थापामगर र मनोज फौदारको जोडीलाई २१–१३ को पहिलो सेट नजितापछि वाकओभर दिए। संखुवासभाका सुनिल कार्की र अनिल मल्लको जोडी भने तेस्रो स्थानमा रहँदै कास्य पदक जिते।  

छात्रा तर्फको सोही इभेण्टमा कास्कीका दिलाशा राना र आयुष्मा नेपालले भोजपुर उपमा खड्का र अंशु श्रेष्ठको जोडीलाई २१–१२, २१–१२ कै सेटमा पराजित गर्दै स्वर्ण पदक जितेका हुन्। सुर्खेतका पुष्पा शाही र निर्भिता शाहीको जोडी तथा सिक्सटिन फेदर्शका रिहाना शेरचन र अल्पा महर्जनले कास्य पदक जितेका थिए।  

प्रतियोगितामा काठमाडौंको ग्यालेक्सी पब्लिक स्कुल उत्कृष्ट विद्यालय घोषित भयो। उत्कृष्ट खेलाडी रुपन्देहीका सुदेश राजकोटी छात्रा तर्फ कास्कीकी दिलाशा राना घोषित भए। अनुशासित पुरस्कार सुर्खेतका अनिल मल्ल र उत्कृष्ट पोशाकमा सिक्सटिन फेदर्शले प्राप्त गर्यो । पोखराको टप्स मावि सर्वाधिक खेलाडीको सहभागिता रहेको थियो। प्रशिक्षकद्वय अरुण दत्त र पुनम गुरुङलाई सम्मानित गरिएको थियो। प्रतियोगितामा विभिन्न १५ जिल्लाका २५ विद्यालयका २१७ जना खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए।  

प्रतियोगितामा गण्डकी प्रदेशकी उपसभामुख सृजना शर्मा, नेपाल व्याडमिन्टन संघका केन्द्रीय अध्यक्ष रामजीबहादुर श्रेष्ठ,गण्डकी प्रदेश खेलकुद परिषदका उपाध्यक्ष ध्वजकुमार गुरुङ, कास्की जिल्ला व्याडमिन्टन संघका अध्यक्ष सुशिल श्रेष्ठ, फाउण्डेशनका संस्थापक भुगोल गुरुङ, प्रतियोगिताका सहसंयोजक अनुप गुरुङ लगायतले पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए । प्रतियोगितामा प्रावि तहको विजेतालाई गिफ्ट ह्याम्पर, मावि तहका छात्र÷छात्रा विजेता खेलाडीले १५, १० र ५ हजार, यु–१७ तर्फ छात्रा÷छात्र एकल र डबल्स तर्फको विजेता २०, १५ र १० हजार नगद पुरस्कार प्रदान गरिएको थियो।  

प्रकाशित: १५ जेष्ठ २०७९ १०:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App