६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

बुढासुब्बा गोल्डकपको २३औ संस्करण स्थगित

भोली (शनिबार) देखि सुरु हुने भनिएको बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २३औं संस्करण स्थगित भएको छ।

प्रतियोगिता सुरु हुनु एक दिनअघि आयोजक धरान फुटबल क्लबले गोल्डकप आयोजना नगर्ने निर्णय गरेको हो। वैशाख ३० गतेको स्थानीय तह निर्वाचन र कोरोना महामारीको असरले अपेक्षा अनुरुप सहयोग रकम उठ्न नसक्ने अवस्था भएको भन्दै क्लबले प्रतियोगिता नै रोक्ने निर्णय गरेको हो।  

बैठक पछि क्लबले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘आर्थिक कठिनाईको बीचमा प्रतियोगिता आयोजना गर्न सजिलो नहुने हामीले महशुस गर्यौ, तसर्थ २३ औं सँस्करणलाई केही समय पछि सार्न बाध्य भएका छौं।’

क्लबले केही समयपछि आयोजना गर्ने भनेपनि मिति घोषणा गरेको छैन। क्लबका अध्यक्ष किसोर राईले जारी गरेको विज्ञप्तीमा आर्थिक वर्ष २०७८/०७९ अगावै सम्भव भएसम्म चाँडो प्रतियोगिता आयोजनाको मिति घोषणा गर्ने प्रतिवद्धता जनाएका छन्।

बुढासुब्बा गोल्डकपको इतिहासमा लगातार २ वर्ष प्रतियोगिता रोकिएको हो। गत वर्ष पनि आर्थिक संकटकै कारण क्लबले २३औं सँस्करण आयोजना गर्न सकेको थिएन। २०५५ सालबाट शुरु भएको गोल्डकप २२ औं सँस्करणसम्म भने निरन्तर आयोजना भएको थियो।

क्लबले यसअघि फागुन १८ गते पत्रकार सम्मेलन गर्दै चैत २६ गतेदेखि बैशाख ३ गतेसम्म प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको थियो।क्लबले पत्रकार सम्मेलनमा प्रतियोगितामा ८ टिम सहभागी हुने साथै विजेतालाई नगद १० लाख र उपविजेतालाई नगद ५ लाख दिने जनाएको थियो।

प्रकाशित: २५ चैत्र २०७८ १०:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App