४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

पाँचौ अन्तर्राष्ट्रिय खप्तड गोल्ड कप सुरु

मनाङ मर्स्याङ्दी क्बलको विजयी सुरुवात

धनगढीमा बिहीबारदेखि सुरु भएको पाँचौ अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको उद्घाटन खेलमा मनाङ मर्स्याङ्दी क्बलको विजयी सुरुवात भएको छ। धनगढी रंगशालामा भएको खेलमा भारतको दिल्ली फुटबल क्लबलाई २–१ गेल अन्तरले पराजित गर्दै मनाङ विजयी भएको हो।

पहिलो हाफ गोल रहित बराबरी रहेको थियो। दोश्रो हाफमा दिल्लीले गोल गरेर अग्रता लिएको थियो। मनाङले लगातार २ गोल गर्दै नतिजा आफ्नो हातमा पारेको हो। बिहीबार नै एक समारोहबीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रतियोगिताको उद्घाटन गरेका थिए। शुक्रबार न्यूरोड टिम र बागमती युथ क्लबबीच प्रतिस्पर्धा हुने छ। प्रतियोगितामा १० टिमको सहभागिता रहने जनाइएको छ।

आयोजक सुदूरपश्चिम–११, मनाङ, दिल्ली, हिमालयन शेर्पा क्लब, नव जनजागृती युवा क्लब सिमरा, क्यामरुनको एभेनिर फुटबल क्लब, फ्रेन्ड्स क्लब, बागमती युथ क्लब सर्लाही, न्यूरोड टिम र मछिन्द्र फुटबल क्लबको सहभागिता रहने छ। खेल प्रतियोगिता हेर्न टिकटको व्यवस्था गरिएको छ। विद्यार्थीका लागि १ सय र अन्य दर्शकका लागि १ सय ५० रूपैयाँ शुल्क तोकिएको छ।

नकआउटकाे आधारमा खेलाइने प्रतियोगिताको फाइनल फागुन २८ मा हुने छ। प्रतियोगिताको विजेताले २१ लाख रूपैयाँ नगद प्राप्त गर्नेछ भने उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ। प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १ लाख रूपैयाँ प्रदान गरिने छ।

त्यस्तै, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार रूपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ।

प्रकाशित: १९ फाल्गुन २०७८ १३:४० बिहीबार

सुदूरपश्चिम खप्तड गोल्डकप