१२ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

सन्दीप मात्र आइपिएलको अक्सनमा

इङ्ल्यान्डका जोफ्रा आर्चर यस सिजनको इन्डियन प्रिमियर लिग (आइपिएल) को अक्सनमा समावेश भए पनि फ्रेन्चाइज टोलीले मंगलबार आफ्नै जोखिममा उनलाई टोलीमा राख्ने जनाएको छ।

दोस्रो पटक कुइनोको अपरेसन गरेका आर्चर रिकभरको प्रयासमा छन्। उनीसहित ५ सय ९० जना खेलाडी आगामी फ्रेब्रुअरी १२ र १३ मा बैङ्लोरमा हुने अक्सनमा समावेश हुँदै छन्।

नेपालका कप्तान सन्दीप लामिछानेसहित १५ जनाले अक्सनका लागि आफ्नो नाम दर्ता गराए पनि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले सन्दीपको नाम मात्र आगामी मेगा अक्सनका लागि समावेश गरेको छ। उनले आफ्नो न्यूनतम मूल्य ४० लाख भारु राखेका छन्। गत वर्ष पनि उनले सोही मूल्य राखे पनि कुनै पनि फ्रेन्चाइज टोलीले चासो दिएनन्।

२६ वर्षे आर्चरले अक्सनका लागि आफ्नो न्यूनतम मूल्य दुई करोड भारु राखेका छन्। तर, चोटबाट पूर्ण फिट नभएका आर्चरलाई फ्रेन्चाइज टोलीले सो मूल्य तिर्न तयार हुन्छन् या हुँदैनन् हेर्न लायक हुनेछ। इङ्ल्यान्ड र वेल्स क्रिकेट बोर्डले नै आर्चरले सन् २०२३ र २०२४ को सिजन खेल्ने भनेर उनको नाम समावेश गराएको थियो। ‘आर्चरले सन् २०२२ को आइपिएल खेल्ने सम्भावना कमै छ। उनको बोर्डले इमेल गरेका कारण आर्चरको नाम ५ सय ९० जना खेलाडीको अक्सनमा समावेश भएको हो,’ आइपिएलका अधिकारी हेमाङ्ग अमिनले १० फ्रेन्चाइज टोलीलाई पठाएका छन्।

‘आर्चर नाम अक्सनमा समावेश भए पनि उनी मार्की या अन्य खेलाडीको सूचीमा हुने छैनन्,’ अमिनले भने, ‘उनलाई कुनै टोलीले पनि लिन सक्छन्। तथापि, उनको स्थानमा पछि कोही खेलाडीलाई समावेश गर्न पाइने छैन।’ यस सिजन दुई नयाँ टोली अहमदाबाद र लखनउनसहित कुल १० टोली फेब्रुअरीमा हुने मेगा अक्सनमा सहभागी हुनेछन्। यस सिजन ट्रेन्ट बोल्ट, प्याट कमिन्स, क्विन्टन डी कक, फाफ डु प्लेसिस, कागिसो राबाडा र डेविड वार्नर मेगा अक्सनको शीर्ष मार्की प्लेयरको सूचीमा छन्।

इङ्ल्यान्डका अलराउन्डर बेन स्टोक्स, अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्क र भेट्रान वेस्ट इन्डिज ब्याट्सम्यान यस पटक हुने छैनन्। १५औं संस्करणको आइपिएल आगामी मार्चको अन्तिम सातादेखि मेको अन्त्यसम्म हुनेछ।

गत वर्ष भारतमा सुरु भएको आइपिएल कोरोना महामारीका कारण मेमा रोकिएको थियो। तर, पछि आदि सिजन संयुक्त अरब इमिरेट्स (युएई) मा सञ्चालन भएको थियो, जहाँ चेन्नई सुपर किङ्स च्याम्पियन बन्यो।

प्रकाशित: १९ माघ २०७८ ०४:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App