३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
खेल

एआइजी पाललाई उपाधि

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) हरिबहादुर पालले हिमालयन बैंक गल्फ प्रतियोगिताको उपाधि जितेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको रोयल नेपाल गल्फ कोर्समा सम्पन्न दुईदिने प्रतियोगितामा एआइजी पालले मेजर जनरल विजय मोक्तानलाई पछि पार्दै उपाधि जितेका हुन्। स्टेबल फोर्ड तीन बाई चार ह्यान्डिक्याप फरम्याटका आधारमा शनिबार सम्पन्न प्रतियोगितामा एआइजी पालले ४० अंक बटुल्दै च्याम्पियन भएर ट्रफी प्राप्त गरे।

मोक्तान भने ३७ अंक बटुल्दा दोस्रो स्थानमा खुम्चिए। यसै गरी महिलातर्फ तारा कार्की चित्रकार पहिलो भइन्। उनले कुल ३७ स्कोर बटुलिन्। यता सिनियर विधामा भने मेजर जनरल कमलसिंह प्रधानले सफलता पाए। उनले सर्वाधिक ३४ अंक बटुलेका थिए।

हिमालयन बैंकको आन्तरिक प्रतिस्पर्धामा जयन्द्रविक्रम शाह पहिलो भए। उनले सर्वाधिक ३१ अंक बटुले। पुरुष जुनियरतर्फटासी शेर्पाले सफलता पाए। टासीले सर्वाधिक २५ अंक बटुलेका थिए। महिलातर्फ जुनियरमा सर्वाधक १८ अंक बटुलेकी अन्भद्या मल्लले उपाधि जितिन्।

लंगेस्ट ड्राइभमा जुनियर खेलाडी जयवीर आचार्यले सफलता पाउँदा क्लोजेस्ट टु दी पिनमा इदान्तसिंह साउदले सफलता प्राप्त गरे। हिमालयन बैंकले आयोजना गरेको उक्त प्रतियोगितामा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूले प्रतिस्पर्धा गरेका थिए।

उक्त प्रतियोगितामा हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणा, महाप्रबन्धक अनुप मास्केलगायतको उपस्थिति रहेको थियो। अध्यक्ष श्रेष्ठले विगत केही वर्षदेखि नै देशमा गल्फलगायत अन्य खेलकुदको विकास र प्रवर्धनमा योगदान प्रदान गर्दै आएको र भविष्यमा पनि गरिरहने बताए।

प्रकाशित: २६ पुस २०७८ ०२:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App