२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

ए डिभिजन लिग फुटबल, फ्युजनको निरन्तरतामा धक्का

सदरमुकाम गाईघाटमा जारी ‘उदयपुर ए डिभिजन फुटबल लिग प्रतियोगिता ०७८’ मा निरन्तर अघि बढिरहेको त्रियुगा नगरपालिका १० फ्युजन क्लब बोक्सेले धक्का खाएको छ। आइतबार सम्पन्न पाँचौ खेलमा गाईघाट फुटबल क्लबले फ्युजनको निरन्तरतामाथि धक्का दिएको हो।

सुरुदेखि अहिलेसम्म निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएको फ्युजनलाई शीर्ष स्थानमै रहन गाईघाटले रोकेको हो। फ्युजनलाई गाईघाटले २–० को अन्तरले पराजित गर्दै शीर्षस्थान कायम गर्न अवरोध गरेको छ। खेल अवधिभर गाईघाटले २ गोल गर्दा बोक्सेले भने गोल फर्काउन सकेन। बोक्सेले हालसम्म भएको चार खेलमध्ये चारै खेल जितेर लिगमा शीर्षस्थान ओगट्न सफल भएको थियो।

गाईघाटले भने हालसम्म केही खेल जिते पनि फ्युजनलाई भेट्न सकेको थिएन। यसअघिका चार खेलमा फ्युजनले १२ अंक जोडिसक्दा गाईघाटले जम्मा ४ अंकमात्र जोडेको थियो। तर पाँचौ खेलको पहिलो दिन जितेपछि अब गाईघाट ७अंकमा उक्लिने देखिएको छ।

उता आइतबारकै खेलमा लालिगुँरास नवयुवा क्लव भागलपुरले बगाहायुवा समुहलाई ३–० ले पराजित गरेको छ। खेल अवधिभर लालिगुँरासले गोल गरिरहँदान वयुवा क्लव गोलरहित हुन पुग्यो। अहिलेसम्मका ५ खेलमध्ये हालसम्म लालिगुँरास नवयुवा क्लबले २ खेल जितेको छ भने बगाहा युवा समुह अहिलेसम्म जित शून्य अवस्थामा छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) उदयपुुरका सदस्य उदय राईले अंक भने सोमबार मात्र बाँड्ने जनाए। पाँचौ चरणको खेल सोमबार सकिएपछि मात्र एन्फाले अंक बाँड्ने उनले बताए।

प्रकाशित: १८ पुस २०७८ १५:२७ आइतबार

अखिल नेपाल फुटबल संघ