२१ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

विजयको विजयी सुरुआत

नक्सालका विजय थापाले प्रकाश दाहाल स्मृति दोस्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिताको पुरुष ६० केजी तौलसमूहमा सोमबार विजयी सुरुआत गरेका छन्।

नेपाल बक्सिङ संघको आयोजना तथा प्रकाश दाहाल स्मृति प्रतिष्ठानको सहकार्यमा भइरहेको प्रतियोगितामा विजयले थानकोटका विपिन गोपालीलाई पराजित गरे। उक्त स्पर्धामा बिटिएफसीका मौसम रानामगरले एपिएफका विक्रम परियार,कास्कीका सौगात कुमालले केवाइबिसीका निर्मल सुवेदी तथा नेपाल आर्मी ‘बी’ का सुजन सुनारी मगरले रामेछापका सुरेशकुमार भण्डारीलाई हराए।

सातदोबाटोस्थित कराते हलमा भएको पुरुष ४८ केजी तौलसमूहमा उदयपुरका लक्ष्मण राईले भिपिबिसीका दर्शन गुरुङ तथा चितवनका सरोज गुरुङले सुर्खेतका मोहन गुरुङलाई हराए। पुरुष ५१ केजीमा आर्मीका सुवास तामाङले बाजुराका चिरञ्जीवी खड्काको चुनौती समाप्त पारे।

यता महिलातर्फ ४८ केजी तौलसमूहमा बाँकेकी माया खत्रीले नेपाल प्रहरीकी रीता धरलालाई पन्छाइन्। महिला ५१ केजी तौलसमूहमा आर्मी ‘बी’ की जयन्ती मैनालीले भिपिबिसिकी ओमन गुरुङलाई निराश पारिन्। प्रतियोगिताको युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले एक कार्यक्रमबीच उद्घाटन गरे। 

प्रकाशित: ३० कार्तिक २०७८ ०३:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App