१३ असार २०८१ बिहीबार
image/svg+xml
खेल

उपमेयर कपमा भक्तपुरको जित

एन्फाको आयोजनामा काठमाडौंमा २०७८ कार्तिक ४ गतेबाट सुरु भएको ‘उपमेयर कप महिला फुटबल प्रतियोगितामा भक्तपुर नगरपालिका टिम विजयी भएको छ। भक्तपुर नगरपालिकाबाट सहभागी टीम र पुतलीबजार नगरपालिकासँग मंगलबार बिहान भएको खेलमा १ का विरुद्ध ८ गोल गरी भक्तपुर नपाले विजय हासिल गरेको छ।  

उक्त खेलमा भक्तपुर नपाको टीमका खेलाडीहरु मनिषा बास्कोटाले २ गोल, सीम्रन बास्नेतले २ गोल, करुणा परियारले ३ गोल र अञ्जली मचामसीले १ गोल गरेर जित भक्तपुर नपालाई जित हासिल गराएको हो। सोही क्रममा भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले म्यान अफ द म्याचको उपाधि हासिल गरेकी भक्तपुर नगरपालिकाका खेलाडी अन्जली मचामसीलाई नगद पुरस्कारसहित मायाको चिनो प्रदान गरे।

साथै भक्तपुर नपा खेलकुद समितिका संयोजक एवम् वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले आयोजक एन्फालाई नगरपालिकाको तर्फबाट मयुरको झ्याल मायाको चिनोको रुपमा प्रदान गरेको नगरपालिकाले जनाएको छ।

प्रकाशित: ९ कार्तिक २०७८ १४:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App