८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

अक्स स्ट्रेन्थकी वानु महिला पावरलिफ्टिङ च्याम्पियन

महिला वावरलिफ्टिङका विजेतालाई पुरस्कार दिँदै। तस्बिरः उमेश पुन/नागरिक

अक्स स्ट्रेन्थ जिम काठमाडौंकी नेहा बानु महिला पावरलिफ्टिङ च्याम्पियन बनेकी छन्। शनिबार पोखरामा आयोजित प्रतियोगितामा ६० केजी तौल समूहको प्रतिस्पर्धामा ३४१ केजी उठाँएदै वानु च्याम्पियन बनिन्।

गोर्खा क्लासिकको आयोजनामा पोखरा रंगशाला बहुउद्देश्यीय कभर्ड हलमा भएको प्रतिस्पर्धामा वानुले आफनो तौलको ५.७ गुण तौल उठाँउदै च्याम्पियन बनेकी हुन्। च्याम्पियन बनेकी वानुले १ लाख ५ हजार रुपैयाँ प्राप्त गरिन्। उनले स्क्वाड तर्फ १२८ केजी, बेन्च प्रेसमा ७० केजी र डेडलिफ्टमा १४३ केजी भार उठाईन्। आफनो तौल समूहमा प्रथम हुदैं नगद २५ हजार पाउँदा उनले आफनो तौलको ५.७ गुणा बढी तौल उठाउँदा च्याम्पियन बन्न सफल भईन्। च्याम्पियन स्वरुप उनले ८० हजार नगदसहित बेल्ट प्राप्त गरिन्।

६० केजी तौल समूहमै पुनम तामाङ दोस्रो स्थानमा रहिन्। उनले ओभरअलमा ३२३ केजी भार उठाउन सफल भईन्। बेन्च प्रेसमा ६० केजी, स्क्वाड तर्फ १२३ केजी र डेडलिफ्टमा १४० केजी भार उठाएकी हुन्। उनले नगद १५ हजार प्राप्त गरिन्। पोखरा बब्स जिमकी ज्योति थापा तेस्रो स्थानमा आईन्। उनले ३१८ केजी भार उठाउने क्रममा बेन्चप्रेसमा ६५ केजी, स्क्वाडमा ११५ र डेडलिफ्टमा १३८ केजीको तौल उठाउँदै तेस्रो बनिन्। उनले नगद १० हजार प्राप्त गरिन्।

६० केजी तौल समूहको प्रतिस्पर्धामा रत्नश्री जीम पोखराकी सर्मिला शाह ३६५ केजी तौल उठाएपनि ओभरअलमा दोस्रो स्थानमा रहिन्। यद्यपी उनले आफनो तौल समूहमा स्वर्ण पदक जित्दै २५ हजार प्राप्त गरिन्। शाहले बेन्च प्रेसमा ७० केजी, स्क्वाडमा १४७ केजी र डेडलिफ्डमा १४८ केजीको भार उठाएकी थिईन्। शाह र वानुबीच प्रतिस्पर्धा देखिएपनि निर्णायक दिनेश राजभण्डारीका अनुसार शाहले आफनो तौलको ४.५ गुणा भार उठाएको भएपनि वानुले आफनो तौलको ५.७ गुण तौल उठाएर च्याम्पियन भएको बताए।

अक्स स्ट्रेन्थ जिम काठमाडौंकी सीमा गुरुङ ६० केजी तौल समूहको प्रतिस्पर्धामा दोस्रो स्थानमा रहिन्। उनले बेन्चप्रेसमा ६५ केजी, स्क्वाडमा १४३ केजी र डेड लिफ्टमा १५३ केजी( ३६१ केजी) उठाउन सफल भईन्। उनले नगद १५ हजार प्राप्त गरिन्। त्यसैगरी निवोध एरोविक्स बुटवलकी कोमल थापा तेस्रो स्थान आउने क्रममा बेन्च प्रेसमा ५०, स्क्वाडमा १२० र डेडलिफ्टमा १३८ केजी भार उठाउन सफल भएकी थिईन्। उनले नगद १० हजार प्राप्त गरिन्।

विजेता खेलाडीहरुलाई गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले नगदसहित ट्रफी प्रदान गरेका थिए। मन्त्री गुरुङले स्क्वाड गर्दै प्रतियोगिता उदघाटन गरेका थिए। प्रतियोगितालाई मन्त्री गुरुङले नगद २५ हजार रुपैयाँ आर्थिक सहयोग समेत उदघाटन समारोहमा प्रदान गरेका थिए। प्रतियोगिताको लागि निर्णायक भने काठमाडौंबाट आइपुगेका थिए। मुख्य निर्णायकमा ज्ञानेन्द्र नकर्मी थिए।  

प्रकाशित: ७ कार्तिक २०७८ १०:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App