६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

जुनियर ओपन टेनिस हुने

टिम टेनिस नेपालको आयोजनामा मंगलबारदेखि दोस्रो टिम टेनिस नेपाल जेटिआई जुनियर ओपन टेनिस प्रतियोगिता हुने भएको छ। 

प्रतियोगितामा यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ उमेरसमूहमा ब्वाइज/गल्र्सको सिंगल्स खेल हुनेछ । त्यस्तै ब्वाइज/गल्र्सको डबल्समा पनि प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा करिब १ सय २५ खेलाडीको सहभागिता रहने टिम टेनिस नेपालका अध्यक्ष अजय विष्टले जनाएका छन् । पाँचदिने प्रतियोगिताका खेलहरू धापाखेलस्थित आयोजक टिम टेनिस नेपालको आफ्नै कोर्टमा हुनेछ ।

प्रकाशित: १९ आश्विन २०७८ ०१:५५ मंगलबार

टिम टेनिस नेपाल नेपाल जेटिआई जुनियर ओपन टेनिस प्रतियोगिता