बैशाख ११ गते देखि काठमाडौंमा सुरु हुने नेपाल सुपर लिग फुटवलमा लुम्बिनी फुटबल क्लब (बिएलएफसी) ले भाग लिने भएको छ । नेपाल स्पोर्टस एण्ड इभेन्ट्स म्यानेजमेन्ट प्रा.लिको आयोजनामा हुन लागेको सुपर लिगको उपाधी जित्ने गरी क्लबले प्रतियोगीतामा भाग लिने तयारी गरेको जनाइएको छ । क्लबले बुटवलमा पत्रकार सम्मेलन गरी काठमाडौंमा हुने सुपर लिगकालागि आफ्नो टिमको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो ।
क्लबले खेलप्रेमी दर्शकको मन जितेर उत्कृष्ट प्रदर्शन सहित जित हासिल गर्न टिम निर्देशकमा राजुकाजी शाक्य,प्रशिक्षकमा सनोज श्रेष्ठ लगायतलाइ नियुक्त गरेर तयारी अगाडी बढाइएको क्लबका अध्यक्ष राजकुमार तिमिल्सिनाले बताए । प्रतियोगितामा उत्कृष्ण प्रदशृनकलागि टिम कोच,टिम म्यानेजर,मार्की प्लेयर लगायतका खेलाडी छनौटको काम सकिएको उनले जानकारी दिए । उनले आफुहरु व्यवसायिक घरानाको नभइ खेलाडीहरुको विकासमा सर्मपित व्यवसायिक क्लब भएकाले खेल र खेलाडीको विकास र प्रबद्र्धनमा हातेमालो गरी सहयोग गर्न आग्रह गरे ।
टिम निर्देशक राजुकाजी शाक्यले सुपर लिगमा बिएलएफसीको तर्फबाट जोडीन पाउँदा उत्साहित बनेको बताए । प्रतियोगीतामा सहभागी हुने क्लबका खेलाडीहरु क्षमताबान र उर्जाबान भएकाले जितकालागि आफुहरु विश्वस्त रहेको शाक्यले बताए । प्रतियोगीतामा ७ वटा टिमले सहभागीता जनाउदैछन ।
प्रकाशित: ८ वैशाख २०७८ १२:१० बुधबार