१२ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

शुक्लागण्डकी मेयर कपको सेमीफाइनल समीकरण

हरीनास गाउँपालिका स्याङजा र घिरिङ गाउँपालिका तनहुँ सेमीफाइनल प्रवेशको लागि प्रतिस्पर्धा गर्दै। तस्बिर : नागरिक

गण्डकी प्रदेशमा एकपछि अर्को गरी भलिबलका प्रतियोगिता आयोजना भईरहेका छन्। पोखरा रंगशालामा टाईगर कम आमन्त्रित क्लबस्तरीय भलिबल प्रतियोगिताबाट शुरु भएको थियो। त्यसपछि पोखरामै मुख्यमन्त्री कप, सृजना भलिबल कप(विद्यालयस्तरीय) सम्पन्न भईसक्यो। स्याङजामा सर्वाधिक पुरस्कार राशीको पुतलीबजार कप आयोजना गरिएको थियो।  

पुतलीबजारपछि तनहुँको शुक्लागण्डकी नगरपालिकाको आयोजनामा प्रथम मेयर कप पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ। क्वाटरफाइनलको पहिलो खेलमा पुतलीबजार नगरपालिका स्याङजालाई २–१ को सेटमा पराजित गर्दै कास्कीको मादी गाउँपालिकाले सेमीफाइनलको यात्रा तय गरेको हो। मादीले पुतलीबजारलाई २३–२५, २५–१९ र २५–२१ को सेटमा जित निकाल्दै अन्तिम चारमा प्रवेश गरेको छ। दोस्रोे क्वाटरफाइनल खेलमा आयोजक शुक्लागण्डकी नगरपालिका ‘ए’ ले बौदीकाली गाउँपालिका नवलपुरलाई २५–१६, २५–२३ को स्कोरको साथ सोझो सेटमा पराजित गर्न सफल भएको थियो।  

तेस्रो क्वाटरफाइनलमा हरीनास गाउँपालिका स्याङजालाई २–१ को सेटमा पराजित गर्दै घिरिङ गाउँपालिका तनहुँ सेमिफाइनल प्रवेश गरेको छ। घिरिङले २३–२५, २५–१४, २५–२३ को सेटमा पराजित गरेको थियो। अन्तिम  क्वाटरफाईनल खेलमा बाग्लुङको गलकोट नगरपालिका विजयी भएको छ। गलकोटले भिमादलाई २–० को सोझो सेटमा पराजित गरेको हो। पहिलो सेटमा २५–१५ र दोस्रो सेटमा २५–१४ को नजिता गलकोटले आत्मासाथ गर्‍यो।  

प्रतियोगिताको विजेताले नगद एक लाख ५० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने मेयर कप सञ्चालन तथा व्यस्थापन समिति संयोजक एवम शुक्लागण्डकी–५ का वडाध्यक्ष दीर्घबहादुर थापाले जानकारी दिए। उनका अनुसार दोस्रो हुनेले एक लाख, तेस्रोले ५० हजार र सान्त्वनाले २५ हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाउने मेयर। सर्वोत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन्। बेष्ट स्पाईकर, सेन्टर सर्वर, ब्लकर, डिफेन्डरले जनही पाँच हजार रुपैयाँ हात पार्नेछन्। प्रतियोगितामा १५ समूहको सहभागिता रहेको छ।

प्रकाशित: १४ चैत्र २०७७ ११:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App