११ मंसिर २०८१ मंगलबार
image/svg+xml
खेल

‘प्रथम त्रियुगा खेलकुद महोत्सव ०७७’ अन्तिम चरणमा

सोमबारको फाईनलमा ८ र १० भिड्ने, भलिबलको फाईनल आजै

भलिबलको अन्तिम सेमिफाईनलमा भिड्दै खेलाडी । तस्बिरः महेश्वर

सदरमुकाममा जारी ‘प्रथम त्रियुगा खेलकुद महोत्सव ०७७’ अन्तिम चरणमा पुगेको छ । गएको फागुन २३ गते सुरु भएर चैत २ गते समापन हुँने महोत्सवमा फुटबलतर्फ त्रियुगा ८ र १० फाईनलमा प्रवेश गरेका छन् ।  

उद्घाटनकै दिनदेखि सुरु फुटबलमा नगरपालिकाका १६ वटै वडाबाट प्रतिस्पर्धीलाई पछि पार्दै ८ र १० फाईनलमा पुगेका हुन् । जिल्लाको सशक्त मानिएका त्रियुगा ११ गाईघाट र त्रियुगा १२ पुरानो गाईघाटलाई पछि पार्दै ८ र १० नं. फाईनल प्रवेश गरेका हुन् । त्रियुगा १३ हवाईफिल्डस्थित थरुहट उदयपुर रंगशालामा जारी फुटबलको फाईनलसम्म पुग्न ८ ले १२ लाई र १० ले ११ लाई हराउनु परेको थियो । यी दुईबीच सोमबार मध्यान्ह रंगशालामै चर्को प्रतिस्पर्धा हुने खेलप्रेमीहरुको अनुमान छ ।  

महोत्सवअन्तर्गत भलिबलतर्फको अन्तिम स्पर्धा आईतबार दिउँसो हुँदैछ । भलिबलतर्फ पुरुष र महिला दुवैबीचको स्पर्धा आईतबार हुने आयोजक त्रियुगा युवा तथा खेलकुद विकास समितिले जनाएको छ । पुरुषतर्फ १० र १५ नं. वडा फाईनलमा पुगेका छन् भने महिलातर्फ ११ र १५ नं. फाईनलमा पुगेका छन् ।  

अघिल्लो दिन भएको अन्तिम सेमिफाईनल खेलमा १५ ले १६ लाई र ११ ले १० लाई हराएर फाईनलको स्थान सुरक्षित गरेका हुन् । महिलातर्फ ११ ले १० लाई र १५ ले ३ नं. वडालाई पराजित गरेर फाईनलको यात्रा तय गरेको आयोजक समिति अध्यक्ष प्रदिप श्रेष्ठले बताए ।  

महोत्सवमा साईक्लिङ, व्याडमिन्टन, कराते, तेक्वान्दो, बक्सिङ र क्रिकेट प्रतियोगिता भने यसअघि नै सकिइसकेको छ । यसैबीच फुटबलतर्फ आईतबार आयोजक र पत्रकार तथा कर्मचारीबीच मैत्रीपूर्ण खेल हुने महोत्सव आयोजक सदस्य तथा अखिल नेपाल फुटबल संघका अध्यक्ष रञ्जन कार्कीले बताए ।

प्रकाशित: १ चैत्र २०७७ ०६:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App