१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

इन्जिनियर गुरुङलाई गल्फको मन्थ्ली मेडल उपाधि

तस्बिर :नागरिक

पोखरा–१४ छिनेडाडाँस्थित हिमालयन गल्फ कोर्षमा आयोजित गल्फबमे फेब्रुअरी मन्थ्ली मेडल उपाधि ईन्जिनियर धर्मराज गुरुङले जितेका छन् ।  

शनिबार आयोजित प्रतिस्पर्धामा गुरुङले ४३ स्कोर हिर्काए । पार ७० को कोर्षमा ७ अण्डर खेल्दै गुरुङले उपाधि जितेका हुन् । बसन्त गौचनले लेभलपार खेल्दै उपविजेता बने । उनले ३६ स्कोर गरे । १८ होलको एकदिने प्रतिस्पर्धामा भने ग्रस तर्फको विजेता भने लेफ्टिनेन्ट कर्णेल याम राना भए ।  

कोर्षमा सर्वाधिक बर्डी हिर्काउने पुरस्कार भने बलराम थापाले पाए । उनले ३ बर्डी हिर्काएका थिए । होलकै नजिक हिर्काएका (क्लोज टु दि )पिन)को पुरस्कार भने  लिलाजंग गुरुङ र सबैभन्दा टाढा हिर्काउने पुरस्कार भने याम रानाकै नाममा लेखियो । २५ जना प्रतिस्पर्धी थिए । विजेतालाई कास्की जिल्ला गल्फ संघका अध्यक्ष मेजर लछिमीप्रसाद गुरुङले पुरस्कार प्रदान गरे ।

प्रकाशित: १५ फाल्गुन २०७७ ११:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App