१० मंसिर २०८१ सोमबार
image/svg+xml
खेल

फागुन ८ मा एनएनआइपिए स्पोर्ट्स अवार्ड हुने

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) को आयोजनामा १५औं संस्करणको एनएनआइपिए स्पोर्ट्स अवार्ड फागुन ८ गते हुने भएको छ। एनएनआइपिएले मंगलबार पत्रकार सम्मेलन गर्दै यस संस्करणको अवार्ड फागुनमा मध्यपुर ठिमी नगरपालिकाको निगु पुखुमा आयोजना गरिने जानकारी गराएको हो। यस पटक अवार्डको स्थानीय आयोजकका रूपमा मध्यपुर ठिमी नगरपालिका रहनेछ।  

यस पटक अवार्डमा राइजिङ प्लेयर अफ दी इयर अवार्डको विधा थप गरिएको छ। यस विधामा एक महिला र एक पुरुष खेलाडीलाई समान नगद ५० हजार प्रदान गरिनेछ। गत वर्ष नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा समावेश २६ वटा खेललाई सम्बन्धित संघको सिफारिसमा उत्कृष्ट एक/एक खेलाडीलाई एनएनआइपिए वर्षको उत्कृष्ट खेलाडी २०७६ बाट सम्मानित गरिने एनएनआइपिएका अध्यक्ष दीपक श्रेष्ठले बताए।

राइजिङ प्लेयर अफ दी इयर अवार्ड पनि यही २६ खेलका विजेतामध्येबाट छनोट गरिने श्रेष्ठले बताए। वर्षको उत्कृष्ट खेलाडीले जनही नगद १० हजार प्राप्त गर्नेछन्। यता वर्षको सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले जनही नगद १ लाख हात पार्नेछन्। त्यस्तै प्रतिभावान् महिला र पुरुष खेलाडीले पनि समान नगद ५० हजार हात पार्नेछन्। अवार्डमा यसअघिका वर्षमा जस्तै यस पटक पनि एक जना खेलकर्मीलाई गजराज जोशी आदर्श खेलाडी र एक जना खेल पत्रकार वा खेल फोटो पत्रकारलाई एनएनआइपिए खेल पत्रकारिता पुरस्कारबाट सम्मानित गरिने श्रेष्ठले बताए।

प्रकाशित: १४ माघ २०७७ ०७:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App