१० मंसिर २०८१ सोमबार
image/svg+xml
खेल

लेस्टरको अप्रत्यासित हार

आर्सनलको विजयी

(एएफपी)– वेस्ट ह्याम युनाइटेडले आइतबार घरेलु मैदानमा लेस्टर सिटीलाई ३–० ले स्तब्ध बनाउँदा उसको अपराजित प्रिमियर लिग यात्रा रोकिएको छ।  लिगकै अर्को खेलमा साउथ ह्याम्पटनले वेस्टब्रुमविचलाई पनि समान २–० ले नै पराजित गरेको छ। 

अन्य खेलमा आर्सनलले सेफिल्ड युनाइटेडलाई २–१ ले हराउँदा वुल्भ्सले फुलह्यामलाई १–० ले स्तब्ध बनायो। वेस्ट ह्याम युनाइइेडले सुरुआतबाट अग्रता लिँदा घरेलु टोली लेस्टर सिटी दबाबमा परेको थियो। यसअघिका खेलमा जेमी भार्डीजस्ता खेलाडी चम्किए पनि आइतबार भने उनीहरूको चमत्कारी खेल हुन सकेन। वेस्ट ह्यामका रक्षकले लेस्टर सिटीका अग्रपंक्तिका खेलाडीलाई रोक्दा लेस्टर घरेलु मैदानमा स्तब्ध हुन पुगेको हो।  

रोमाञ्चक बनेको खेलमा लेस्टरविरुद्ध मिचेल एन्टोनियोले १४औं मिनेटमा गोलको खाता खोलेका थिए। ३४औं मिनेटमा पाब्लो फर्नेसले गोल थप्दा भ्रमणकारी टोली वेस्ट ह्यामले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो। दोस्रो हाफमा सुधारिएको खेल देखाए पनि लेस्टरले अग्रता लिइसकेको वेस्ट ह्यामको बलियो रक्षापंक्तिलाई चिर्न सकेन। खेल सकिन ८ मिनेट बाँकी रहँदा वेस्ट ह्यामका ज्यारोड बोवेनले टोलीका लागि तेस्रो गोल थप्दै जित सुनिश्चित गरे। इन्जुरी समयमा लेस्टरले गोल गरे पनि भिडियो सहायक रेफ्री (भिएआर)ले गोलको मान्यता दिएन र लेस्टरले अंक सुम्पियो।  यससँगै लेस्टरले जारी लिगमा पहिलो पटक अंक गुमाएको छ। उता रोमाञ्चक जित निकालेको वेस्ट ह्यामको यो जारी लिगमा दोस्रो जित हो। विजयी वेस्ट ह्यामको तालिकामा ६ अंक भएको छ। पराजित लेस्टरको भने ९ अंक छ।  

यस्तै अर्को खेलमा साउथह्याम्पटनलाई जित दिलाउन मौसा जेनेपोले ४१आंैं र ओरिअल रोमेउले ६९औं मिनेटमा गरेको गोल निर्णायक बनेको हो। यससँगै साउथह्याम्पटन जारी लिगमा दोस्रो जित निकाल्दा तालिकामा ६ अंक पु-याउन सफल भयो।  

प्रिमियर लिगअन्तर्गत आइतबारै भएको अर्को खेलमा न्युक्यासल युनाइटेडले बर्नलीलाई ३–१ ले हरायो। पहिलो हाफमा एक गोलको अग्रता लिएको न्युक्यासलले दोस्रो हाफमा दुई गोल थप्दा एक गोल खान पुगेको थियो। न्युक्यासलको जारी लिगमा यो दोस्रो जित हो। चार खेल खेलको न्युक्यासलको ४ खेलबाट ७ अंक छ। पराजित बर्नलीले तीन खेल खेल्दा कुनै पनि खाता खोल्न सकेको छैन।  

उता शनिबार भएको खेलमा म्यानचेस्टर सिटी यसै सिजन प्रिमियर लिगमा बढुवा भएको लिड्ससँग १–१ गोलको बराबरीमा रोकिएको छ। खराब मौसमबाट गुज्रिएको सिटीलाई लिड्सले रोक्दा नयाँ सिजनको लिगमा सिटीले लेस्टर सिटीसँगको खेलमा लज्जास्पद हार बेहोरेको थियो। नयाँ सिजनको लिगमा ३ खेल खेलेको सिटीले एक खेलमा जित निकाल्दा एक खेलमा बराबरी र एक खेल गुमाएको छ। सिटीको तालिकामा मात्र ४ अंक रहेको छ। शनिबारकै अर्को खेलमा एभर्टनले ब्राइटनलाई घरेलु मैदानमा ४–२ ले हरायो। एभर्टनले लगातार चार खेलमा स्पष्ट जित निकालेको छ।  वेस्ट ह्यामका रक्षकले लेस्टर सिटीका अग्रपंक्तिका खेलाडीलाई रोक्दा लेस्टर घरेलु मैदानमा स्तब्ध हुन पुगेको हो। 

प्रकाशित: १९ आश्विन २०७७ ०१:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App