४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

पिएसजीका तीन खेलाडीलाई कोरोना

फ्रान्सेली लिग च्याम्पियन पेरिस सेन्ट जर्मन (पिएसजी) का तीन खेलाडीमा कोरोना भाइरस (कोभिड–१) को संक्रमण भएको बुधबार क्लबले पुष्टि गरेको छ । नयाँ सिजनको सुरुआतपूर्व गरिएको परीक्षणमा पिएसजीका तीन खेलाडीमा पोजेटिभ संकेत देखिएको हो । च्याम्पियन्स लिगको फाइनलमा जर्मन क्लब बायर्न म्युनिखसँग पराजित पिएसजीले सोमबार दुई नाम नखुलाइएका खेलाडीमा संक्रमण देखिएको जनाएको छ । फ्रान्सका पत्रपत्रिकाले अर्जेन्टिनाका एन्जल डी मारिया र लियान्द्रो परेदेशलाई संक्रमण देखिएको शंका गरेका छन् । उनीहरू विदामा इबाज भन्ने स्थानमा पुगेका छन् । पिएसजीले सेप्टेम्बर १० बाट नयाँ सिजनको सुरुआत गर्ने तालिका छ । 

प्रकाशित: १८ भाद्र २०७७ ०२:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App