१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

फर्नान्डेजले उकासे युनाइटेडलाई

ब्रुनो फर्नान्डेजको दुई गोलप्रेरणाबाट म्यानचेस्टर युनाइटेडले मंगलबार ब्राइटनमाथि ३–० को जित निकाल्दै च्याम्पियन्स लिग छनोटको होड जारी नै राखेको छ।  

फर्नान्डेजसँगै युनाइटेडले एमेक्स स्टेडियममा सिजनको उत्कृष्ट प्रदर्शन गरेपछि ब्राइटनमाथि पूर्णरूपमा हाबी हुँदै आगामी सिजनको च्याम्पियन्स लिग यात्राको होड बलियो बनाएको हो। मेसन ग्रिनवुडले पहिलो हाफको सुरुआतमै गोल गर्दै अग्रता दिलाउँदा फर्नान्डेजले दोस्रो हाफअगाडि अग्रता दोब्बर बनाए। फर्नान्डेजले दोस्रो हाफमा उत्कृष्ट भली गोल गरेपछि युनाइटेड गोलअन्तरको आधारमा वुल्भ्सलाई पछि पार्दै प्रिमियर लिग अंकतालिकामा पाँचौं स्थानमा पुगेको हो। ओले गनर सोल्सजयारको टोली युनाइटेड चौथो स्थानको चेल्सीभन्दा दुई अंकले मात्र पछि छ।

यस पटक पाँचौं टोलीले आगामी सिजनको च्याम्पियन्स लिग खेल्न पाउने सम्भावना छ, तर दोस्रो स्थानको म्यानचेस्टर सिटीमाथि युरोपियन प्रतिबन्ध यथावत् हुनुपर्नेछ। युनाइटेडले च्याम्पियन्स लिगमा स्थानमा बनाउन सफल हुन्छ भने फर्नान्डेजप्रति ठूलो आभारी हुने अवस्था रहन्छ, जो गत जनवरीमा स्पोर्टिङ लिस्बनबाट आएपछि ६ गोल गर्न सफल भइसकेका छन्। पोर्चुगलका स्टार फर्नान्डेजको मिडफिल्डरमा भूमिका बुझ्न निकै कठिन छ, तर पनि उनले युनाइटेडको परिवर्तनमा ठूलो योगदान दिइरहेका छन्।

२९औं मिनेटमा फर्नान्डेजको गोल अफसाइड देखिए पनि रेफ्रीले भिआरतर्फ जान चाहेनन्।

फर्नान्डेजलाई अनुबन्धित गर्नुअघि युनाइटेडले लगातार खराब नतिजा सामान गरिरहेको थियो, तर अहिले सबै प्रतियोगितामा गरेर १५ खेलमा अपराजित छ भने जसमा तीन जित रहेको छ। युनाइटेडले पछिल्ला १३ लिग खेलमा आठमा क्लिन सिट प्राप्त गरेपछि अंकतालिकामा राम्रो स्थितिमा पुगेको छ। सोल्सजायरको टोली युनाइटेडले आगामी तीन खेलमा लगातार सहज प्रतिद्वन्द्वी बर्नमाउथ, एस्टन भिल्ला र वेस्टह्यामको सामना गर्दा च्याम्पियन्स लिग यात्रा बलियो बनाउन पनि सक्दछ। युनाइटडले अझै एफए कप र युरोपा कपको यात्रा पनि जारी राखेकाले यस सिजन सुखद बनाउन सक्छ।

यता, सिजन सुरुआत भएदेखि दुई खेलबाट चार अंक बटुलेको ब्राइटनले रेलिगेसन क्षेत्रभन्दा टाढा रहे पनि यस किसिमको हारबाट अभैm सुरक्षित हुन नसक्ने संकेत गरेको छ। सिजन फर्किएपछि ब्राइटनले आर्सनललाई हराउँदा लेस्टर सिटीलाई गोलरहित बराबरीमा रोकेको थियो। सोल्सजायरले गत शनिबार एफए कपमा नर्विच सिटीलाई हराएको युनाइटेडमा ब्राइटनविरुद्ध आठ परिर्वन गराएका थिए। सोल्सजायरले यसै हप्ता मात्र आफ्ना स्ट्राइकरलाई क्लबमा रहने भए पनि सुधार आवश्यक रहेको भन्दै चेतावनी दिएका थिए।  

सोल्सजयारले कुनै पनि खेलाडीले आफूलाई कसैले प्रतिस्थापन गर्न सक्दैन भन्छ भने त्यो भ्रम हुने बताएका थिए, जुन सन्देश ग्रिनवुडप्रति रहेको बुझिएको थियो। तर, ग्रिनवुडले ब्राइटनविरुद्ध १६औं मिनेटमा उत्कृष्ट गोल गर्दै अग्रता दिलाएका थिए। यससँगै उनले सबै प्रतियोगितामा गरेर सिजनको १३ गोल पूरा गरे। २९औं मिनेटमा फर्नान्डेजको गोल अफसाइड देखिए पनि रेफ्रीले भिआरतर्फ जान चाहेनन्। युनाइटेडको काउन्टर अट्याकमार्पmत फर्नान्डेजले ५०औं मिनेटमा दोस्रो गोल गरी टोलीलाई सहज जित दिलाए।  

प्रकाशित: १८ असार २०७७ ०२:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App