१४ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

फुटसल सञ्चालन गर्न सरकारको ध्यानाकर्षण

नेपाल फुटसल व्यवसायी महासंघले   अविलम्ब फुटसल सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ । महासंघले जिल्ला प्रशासन कार्यालय काठमाडौँमा ज्ञापनपत्र बुझाउँदै व्यवसाय सञ्चालनका लागि सरकारसँग अनुरोध गरेको हो ।

लगातारको बन्दाबन्दीका कारण फुटसल व्यवसाय चरम आर्थिक संकटमा रहेको  महासंघले जनाएको छ ।

‘बिजुली, जग्गा भाडा, बैंकको ब्याज, कर्मचारीको तलब व्यवस्था गर्ने अवस्था छैन । हामी यस अवस्थामा खेल सञ्चालन गर्दा १० जनालाई मात्र मैदान प्रवेश गराउने प्रतिबद्धता गर्दछौं,’ ज्ञापनपत्रमा उल्लेख छ ।

त्यस्तै महासंघले खेल मैदान परिसर प्रेवशअघि खेलाडीको तापक्रम जाँच्ने, साबुन पानीको व्यवस्था, स्यानिटाइजर र व्यवस्थित बारुथरुको व्यवस्था गरेर व्यवसाय सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएको छ ।

महासंघले यतिबेला फुटसल मैदान वृद्ध, अपांगता भएका, बालक तथा सबै नागरिकका लागि मानसिक र शारीरिक तन्दुरुस्तीको स्थान बन्ने दाबी गरेको छ ।

प्रकाशित: ११ असार २०७७ १०:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App