१९ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

भिटोलोको निर्णायक गोल

स्पेनिस ला लिगामा शनिबार एट्लेटिको मड्रिडले रियाल भालाडोलिडमाथि १–० को संघर्षपूर्ण जित निकाल्दै तेस्रो स्थानमा उक्लिँदा च्याम्पियन्स लिग सम्भावना बलियो बनाएको छ।

एट्लेटिको मड्रिडको घरेलु मैदानमा भएको खेलमा वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका भिटोलोले खेल सकिन ९ मिनेट बाँकी रहँदा गरेको गोल निर्णायक बनेको थियो। उक्त गोलसँगै एट्लेटिको मड्रिडले तालिकामा तीन अंक थप्दा समग्रमा ३० खेलबाट ५२ अंक जोड्न सफल भएको छ। साबिकको च्याम्पियन बार्सिलोना समान ३० खेलबाट ६५ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ। रियाल मड्रिड ६२ अंकका साथ दोस्रो स्थानमा छ। च्याम्पियन्स लिगमा स्थान बनाउने सम्भावना राखेको एट्लेटिकोभन्दा सेभिया समान ५२ अंकसहित एक स्थान तल चौथोमा छ। तर गोलअन्तरका आधारमा एट्लेटिको तेस्रो स्थानमा अटाएको हो। तेस्रो स्थानको एट्लेटिको  पाँचांै स्थानको गेटाफेभन्दा ४ अंकले अगाडि  छ।  

संघर्षपूर्ण खेल खेल्दै डिएगो सिमोन्सको टोली एट्लेटिकोले पहिलो पटक बन्द रंगशालामा जित निकालेको हो। मार्कोस लोरेन्टेको स्थानमा ७३औं मिनेटमा मैदान प्रवेश गरेका भिटोलोले हेडरमार्फत गोल गर्दै घरेलु टोलीलाई ३ अंक दिलाउन सफल भए।  

अर्को टोली गेटाफोई यो सिजन शीर्ष चारमा रहँदा सिजन पूरा गर्ने लक्ष्य राखे पनि गत साता एइबरसँग १–१ को बराबरीमा रोकिँदा धक्का लागेको थियो। कोरोना भाइरसका कारण स्थगित भएको लिग तीन महिनापछि सुचारु हुँदा सुखद नतिजाको पर्खाइमा रहेको गेटाफेले घरेलु मैदानमा बराबरी नतिजा निकाल्दा निराश बनेको हो। सुरुआती अग्रता लिए पनि कायम राख्न नसक्दा घरेलु टोली गेटाफेले पाहुना टोलीलाई अंक सुम्पिएको हो। ३०औं मिनेटमा गेटाफेका लागि ओगेन्कारो इटेबोले एन्जल रोड्रिग्वेजको पासलाई सदुपयोग गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। तर यो अग्रता धेरै समय टिकेन । पहिलो हाफको इन्जुरी सयमा चाल्र्सले गोल गर्दै खेल बराबरीको अवस्थामा ल्याए। शीर्ष चारमा रहने लक्ष्यसहित कोरोना कहरपछि  सुधारिएको खेल लक्ष्य राखेको गेटाफेले दोस्रो हाफमा सुधार गर्दै दबाब सिर्जना गरे पनि गोल गर्न सकेन र अंक बाँड्न बाध्य बन्यो। तर खेल सकिन चार मिनेटअघि पेड्रो बिगासले गोल गरे पनि भिडियो सहायक रेफ्री (भिएआर)ले मान्यता दिएनन् र खेल बराबरीमा टुङ्गियो।  

पछिल्ला तीन खेलमा गेटाफे दुई अंक जोड्न सफल भएको छ। अंक बाँडेको घरेलु टोली गेटाफेका फरवार्ड जामी माटाले बताए।  

‘शीर्ष चारभित्र अटाउनका लागि जित निकै महत्वपूर्ण थियो। अन्तिम समयसम्म जितका लागि संघर्ष पनि ग-यौं। लक्ष्य ठूलो राखेर खेल्नुपर्छ र सोही रणनीतिअनुसार खेलेका थियौं,’ गेटाफेका फवार्ड माटाले भने।

लिगअन्तर्गत शनिबारको अर्को खेलमा एट्लेटिको विलवाओले भ्रमणकारी टोली रियाल बेटिसलाई १–० ले पराजित गर्दै तीन अंक जोड्यो। ८ चरणका खेल बाँकी रहँदाको अवस्थामा स्पानियोल रेलिगेसन क्षेत्रको पुछारमा रहँदा लेगानेस पुछारबाट दोस्रो र यसै सिजन बढुवा भएको मालोर्का पुछारबाट तेस्रो स्थानमा छन्।  संघर्षपूर्ण खेल खेल्दै डिएगो सिमोन्सको टोली एट्लेटिकोले पहिलो पटक बन्द रंगशालामा जित निकालेको हो।

प्रकाशित: ८ असार २०७७ ०३:०३ सोमबार

स्पेनिस ला लिगा