५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

नेपाललाई एक स्वर्ण र एक रतज

मास्टर्स कप अनलाइन इन्टरनेसनल कराते काता च्याम्पियनसिप २०२० मा नेपालले एक स्वर्ण र एक रजत जितेको छ ।

केरला कराते संघ भारतको आयोजनामा भएको च्याम्पियनसिपको महिला ३५ वर्षमाथिको विधामा नेपाली खेलाडी नीता आचार्यले फिलिपिन्सकी इसेल बोनो अक्विनोलाई फाइनलमा पराजित गर्दै स्वर्ण हात पारेकी हुन् । उनले २४.१४ अंक प्राप्त गरेकी थिइन् । उनकी प्रतिद्वन्द्वी अक्विनोले २३.८ अंक प्राप्त गरेकी थिइन् । यस्तै कराते खेलाडी एवं प्रशिक्षक रवीन्द्र मानन्धर रजतमै खुम्चिए ।

३५–४५ वर्ष उमेर समूह ‘ए’ बाट फाइनल प्रवेश गरेका उनी स्पेनका खेलाडी जिसस कनसुयगरासँग पराजित हुँदै रजतमा चित्त बुझाउन बाध्य भएका थिए । जिससले २४.६४ अंक प्राप्त गर्दा मानन्धरले २४.३८ अंक प्राप्त गरेका थिए । विश्व कराते महासंघ र एसियाली कराते महासंघको नियममा खेलाइएको अनलाइन च्याम्पियनसिपमा ३५–४५, ४५–५५, ५५–६५ र कुबुदो गरी चार विधामा प्रतिस्र्धा गराइएको थियो । च्याम्पियनसिपमा जापान, भारत, स्पेन, श्रीलंका, नेपाल, फिलिपिन्स, भियतनाम, भेनेजुयलालगायतको सहभागिता थियो ।

प्रकाशित: २ असार २०७७ ०८:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App