२६ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

स्पेनिस ला लिगा : दश खेलाडी अभ्यासको अनुमति

स्पेनिस ला लिगाको आयोजकले एकै पटक १० खेलाडी अभ्यास गर्न सक्ने बताएको छ । गत मार्चबाट स्थगित भएको लिग सुचारु गर्नका लागि भन्दै आयोजकले सोमबार १० खेलाडीले एकै पटक अभ्यास गर्न सक्ने बताएको हो ।

स्थगित भएको जर्मन बुन्डेसलिगा शनिबार रातिबाट सुचारु भएपछि विश्वभर थला परेको खेलकुद गतिविधि जुरमुराउन थालेको हो । मार्चबाट स्थगित भएको फुटबल शनिबार राति मात्र बुन्डेसलिगाका केही खेल सञ्चालन हुँदा सुचारु भएको हो । चीनको वुहान क्षेत्रबाट कोरोना भाइरस (कोभिड–१९) विश्वभर फैलिएसँगै स्थगित भएको लिग शनिबारबाट सुचारु भएको हो ।

स्थगित भएकोला लिगा आगामी महिनाबाट सुचारु गर्ने मनसायका साथ आयोजकले तयारी गरिरहेको छ । स्पेनिस सरकारले खेलकुद गतिविधि फर्काउनका लागि सम्बन्धित निकायसँग छलफल गर्दै सबै संघसँग सल्लाह गरेको थियो ।

स्पेनिस चर्चित क्लब रियाल मड्रिड, बार्सिलोना र एट्लेटिको मड्रिडले लिगमा फर्कनका लागि अभ्यास थालेका छन् । यी टोलीले १० खेलाडीका साथ अभ्यास गर्न थालेका हुन् । यस्तै अन्य क्लब स्पानियोल, लेगानेस, गेटाफे र रियाल भालाडोलिडले पनि अनुमति लिएर अभ्यास थालिसकेका छन् । ला लिगा जुनको मध्यबाट सुचारु गर्ने तयारी भइरहेको छ । बुन्डेसलिगाजस्तै ला लिगा पनि बन्द रंगशालामा गर्ने तयारी छ । तर आयोजकले कुन दिनदेखि लिग सञ्चालन गर्ने भन्ने विषयमा भने केही बताएको छैन ।

स्पेनिस ला लिगाअन्तर्गत अन्य शीर्ष डिभिजिनका लिग यसअघि नै अभ्यासमा फर्किसकेका छन् । सबैखाले प्रावधानलाई पूरा गर्दै ला लिगाका दोस्रो डिभिजनका क्लब अभ्यासमा फर्किएका छन् । उनीहरूको स्वास्थ परीक्षण भएपछि अभ्यासमा फर्किएका थिए ।

स्पेनिस चर्चित क्लब रियाल मड्रिड, बार्सिलोना र एट्लेटिको मड्रिडले लिगमा फर्कनका लागि अभ्यास थालेका छन् । यी टोलीले १० खेलाडीका साथ अभ्यास गर्न थालेका हुन् ।

प्रकाशित: ५ जेष्ठ २०७७ ०७:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App