२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

बंगलादेशको सहज जित

ढाका – सौम्य सरकार र लिट्टन दासको अर्धशतकप्रेरित बंगलादेशले आइतबार पहिलो ट्वान्टी–२० खेलमा जिम्बाब्वेमाथि ४८ रनको सहज जित हात पारेको छ। बंगलादेशले प्रस्तुत गरेको २ सय १ रनको लक्ष्य पछ्याएको जिम्बाब्वेले १९ ओभरमा सबै विकेट गुमाउँदै मात्र १ सय ५२ रन बनाउन सक्यो। जिम्बाब्वेले ट्वान्टी–२० क्रिकेटमा बंगलादेशसँग बेहोरेको यो नै अहिलेसम्मकै ठू्लो हार हो। साथै बंगलादेशले जिम्बाब्वेविरुद्ध जोडेको यो नै अहिलेसम्मको उच्च योगफल हो। यसअघ बंगलादेशले जिम्बाब्वेविरुद्ध १ सय ७५ रनको सर्वाधिक योगफल तयार पारेको थियो।

बंगलादेशका लेग स्पिनर अमिनुल इस्लामले ३४ रन खर्चंदै ३ विकेट हात पार्दा मुस्तफिजुर रहमानले पनि ३२ रन खर्चंदै समान ३ विकेट लिए । जिम्बाब्वेका तिनासे कामुनुहुकाम्बेले २८ रन जोड्दा कार्ल मुम्बाले २५, सेन विलियम्सले २० रनको योगदान गरे। यस जितपछि बंगलादेशले दुई खेलको शृंखलामा १–० को अग्रता लिएको छ। यसअघि बंगलादेशले तीन एकदिवसीय खेलको शृंखला ३–० ले क्लिन स्विप गरेको थियो। ‘ब्याट्सम्यानले गरेको प्रदर्शनबाट हामी सन्तुष्ट छांै। तमिम र लिट्टनले हामीले चाहेको जस्तै सुरुआत दिलाए र सौम्यले त्यहीअनुरूपको अन्त्य,’ बंगलादेशका कप्तान मोहमदुल्लाह रियादले भने।

जिम्बाब्वेले ट्वान्टी–२० क्रिकेटमा बंगलादेशसँग बेहोरेको यो नै अहिलेसम्मकै ठू्लो हार हो।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित २० ओभरमा ३ विकेट गुमाँउदै २ सय रनको सम्मानजनक योगफल खडा गरेको थियो। तमिम र लिट्टनले पहिलो विकेटका लागि ९२ रनको साझेदारी गर्दै बगलादेशलाई उत्कृष्ट सुरुआत दिलाएका थिए। तमिमले ३३ बलमा ३ चौका र २ छक्काको मद्दतमा ४१ नको योगदान दिँदा लिट्टनले ३९ बल खेल्दै ५ चौका र ३ छक्काको मद्दतमा ५९ रनको योगान गरे। यता सौम्यले ३२ बलको सामना गर्दै ४ चौका र ५ छक्काको मद्दतमा ६२ रन जोडे।

जिम्बाब्वेका क्रिस्टोफर एमपोफु, वेल्से र सिकन्दर राजाले समान १ विकेट लिए। ‘हामीले राम्रो लेन्थमा बलिङ गर्न सकेनाैँ। उच्च रनको लक्ष्य पछ्याउने क्रममा शीर्ष ब्याट्सम्यानले जुन प्रकारको साझेदारी गर्नुपर्ने हो, त्यो देखिएन, जसका कारण हामी पछि खेलमा फर्कन सकेनाैँ ,’ जिम्बाब्वेका कप्तान विलियम्सले भने। शृंखलाअन्तर्गतको दोस्रो तथा अन्तिम ट्वान्टी–२० खेल बुधबार हुनेछ।

प्रकाशित: २८ फाल्गुन २०७६ ०१:२६ बुधबार

बंगलादेश जित