२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

फागुन २२ देखि राजर्षि जनक कप

सर्लाही -  सर्लाहीको बागमतीमा हरेक वर्ष हुँदै आइरहेको राजर्षि जनक कप फुटबल प्रतियोगिताको चौथो संस्करण यही फागुन २२ गतेबाट हुने भएको छ।

शनिबार पत्रकार सम्मेलन गर्दै आयोजकले प्रतियोगिताबारे जानकारी गराएको छ। बागमती नगरपालिका र बागमती युवा क्लबको संयुक्त आयोजनामा हुने प्रतियोगितामा दुई विदेशीसहित १२ टोली उपाधिका लागि भिड्नेछन्। बागमती युवा क्लबका अध्यक्ष किस्मत मैनालीले प्रतियोगितामा भुटानको उर्गेन एकेडेमी, भारतको सिक्किमस्थित कञ्चनजंघा फुटबल क्लब तथा मुलुकका चर्चित नेपाल पुलिस क्लब, एनआरटी क्लब, जावलाखेल युथ क्लब, प्लानिङ ब्वाइज क्लब, सुदूरपश्चिम–११, ब्वाइज युनियन काठमाडौं, चितवन–११ चितवन र जनजागृति युवा क्लब सिमरा तथा बागमती युवा क्लब र बागमती नगरपालिकाले सहभागिता जनाउने निश्चित भइसकेको जानकारी दिए।

प्रतियोगतामा विजेताले नगद १० लाख तथा उपविजेताले पाँच लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद ५१ हजार तथा सर्लाही निवासी उत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल प्रदान गरिने बागमती नगरपालिका–२ का वडाध्यक्ष एवं खेलकुद विभाग प्रमुख दीपक लामाले जानकारी दिए।

प्रकाशित: १८ फाल्गुन २०७६ ०२:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App