१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

उदयपुर सशस्त्रलाई खोटाङको भलिबल उपाधि

ट्रफिसहित एपिएफका खेलाडी । तस्बिरः महेश्वर

उदयपुर- उदयपुरस्थित सशस्त्र प्रहरी बल (एपिएफ) ५ नं. गण त्रियुगाले खोटाङमा सम्पन्न अन्तर जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि हात पारेको छ। खोटाङको दिप्रुङचुईचुम्मा गाउँपािलका ३ छोरम्बु सापातेलमा शनिबार सम्पन्न पुरुष भलिबल प्रतियोगितातर्फ एपिएफले  प्रथम हुँदै १ लाख नगदसहित ट्रफि र प्रमाणपत्र प्राप्त गरेको हो।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्रजस्ता विभागीय टोलीसमेतको सहभागिता रहेको प्रतियोगितामा सहभागी बिभिन्न १६ टिममध्ये अन्यलाई उछिन्दै एपिएफले प्रतियोगिता जित्न सफल भएको हो। प्रतियोगिताको उपविजेता सितला प्रावि खमारे खोटाङ भएको छ भने तेस्रो स्थान दिप्रुङ चुईचुम्माकै याम्खाले जितेको आयोजकले जनाएको छ।

दिप्रुङ चुईचुम्मास्थित स्थानीय शान्ति निकेतन मिना–कर्ण मेमोरिएल मावि सापातेलको आयोजनामा सम्पन्न प्रतियोगिताको एपिएफ उदयपुरले २५–१८ फराकिलो जित हात पारेको सितलालाई आक्रामक जवाफ फर्काउँदै क्रमश २५–११ र २५–२३ को सोझो सेटले पराजित गर्दै उपाधि हात पारेको टिम क्याप्टेन प्रेमबहादुर हमालले बताए्।

पूर्व सशस्त्र प्रहरी महानिरीक्षक सनत बस्नेतका बाबु–आमाको नामबाट सञ्चालित मीना–कर्ण मावि सापातेलले हरेक वर्ष सशस्त्र, सेना, प्रहरी र सर्वसाधारण खेलाडी समूहको सहभागितामा भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ। यसवर्षको प्रतियोगिता विजेताले नगद १ लाख, रनिङ सिल्ड र मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ। विजेता एपिएफ उदयपुरले उत्कृष्ट खेलाडीको उपाधिसमेत हात पारेको क्याप्टेन हमालले बताए। एफिएफका जर्मन कार्की उत्कृष्ट खेलाडी घोषित भएका हुन्।

माघ २३ देखि २५ गतेसम्म सञ्चालित प्रतियागिताको उपविजेता सितला खमारेलाई ५० हजार नगद, सिल्ड तथा प्रमाणपत्र प्रदान गरिएको छ। त्यस्तै तेस्रो स्थान पाउने याम्खाले २५ हजार नगद, सिल्ड र प्रमाणपत्र प्राप्त गरेको आयोजक विद्यालयले जनाएको छ।

 

प्रकाशित: २६ माघ २०७६ १४:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App