१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

एपिएफ र पुलिस वर्ष उत्कृष्ट भलिबल टोली

काठमाडौं– सशस्त्र प्रहरी बलको एपिएफ क्लब र नेपाल पुलिस क्लब २०७५ को उत्कृष्ट भलिबल टिम घोषित भएका छन्।

नेपाल भलिबल संघको आयोजनामा शनिबार सम्पन्न अवार्ड कार्यक्रममा एपिएफ महिलातर्फ र पुलिस पुरुषतर्फ उत्कृष्ट भलिबल टिम घोषित भएका हुन्। उत्कृष्ट टोली दुवैलाई संघले नगद १ लाखसहित सम्मान ग-यो। नेपाल भलिबल संघद्वारा सम्बन्ध प्राप्त प्रतियोगिताहरूमा एपिएफको महिला टोली १० मध्ये ९ प्रतियोगितामा च्याम्पियन भएको छ। पुलिस भने पुरुषतर्फ ९ प्रतियोगितामध्ये ६ पटक च्याम्पियन बन्न सफल भएको संघले जनाएको छ।

खेलाडीतर्फ महिलामा एपिएफकै सरस्वती चौधरी र पुरुषमा पुलिसका कूलबहादुर थापा वर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन्। पुलिसकी उषा भण्डारी महिलातर्फ उदीयमान खेलाडी घोषित भइन्। पुरुषतर्फ त्रिभुवन आर्मीका सरण सामरी क्षेत्री उदीयमान घोषित भए। महिलातर्फ एपिएफका ज्ञानेन्द्र बिष्ट र पुरुषतर्फ पुलिसका सरोज श्रेष्ठ उत्कृष्ट वर्ष प्रशिक्षक घोषित भए। उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले नगद २५ हजार रुपैयाँ प्राप्त गरे। राष्ट्रिय टोलीमा लामो समयसम्म योगदान पु-याएकी कोपिला उप्रेतीले शनिबार अन्तर्राष्ट्रिय खेलबाट सन्यासको घोषणा गरिन्।

संघले कोपिलालाई सम्मानस्वरूप नगद ५० हजार रुपैयाँ प्रदान ग-यो। कोपिलाले वि.सं.२०६१ सालदेखि भलिबल खेल्दै आएकी छन्। संघले नेपालमा भलिबल खेलको विकास र विस्तारमा अनवरत लागि परेका न्यु डायमण्ड एकेडेमीका संस्थापक एवं भलिबल प्रशिक्षक कुमार राईलाई पनि सम्मान गरेको छ। राईलाई नगद २५ हजार रुपैयाँसहित अभिनन्दन पत्रबाटले सम्मान गरिएको थियो। नेपाल भलिबल संघले आफ्ना खेलाडी, प्रशिक्षक तथा टिमलाई विभिन्न खेलमा देखाएको उत्कृष्ट नतिजाका आधारमा मुल्याङ्कन गर्दै विगत तीन वर्षदेखि सम्मान गर्दै आएको छ।

उत्कृष्टलाई नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले नगद र सम्मानपत्र प्रदान गरेका थिए।  सोही कार्यक्रमका दौरान बंगलादेशमा सम्पन्न प्रथम एभिसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप २०१९ मा च्याम्पियन नेपाली महिला भलिबल टोलीका प्रत्येक सदस्यलाई संघले नगद २५ हजार रुपैयाँसहित सम्मान ग-यो।

नेपाल भलिबल संघको आयोजनामा शनिबार सम्पन्न अवार्ड कार्यक्रममा महिलातर्फ एपिएफकी सरस्वती चौधरी र पुरुषमा पुलिसका कूलबहादुर थापा वर्ष उत्कृष्ट खेलाडी घोषित भए। सोही अवसरमा राष्ट्रिय टोलीमा लामो समयसम्म योगदान पु-याएकी कोपिला उप्रेतीले शनिबार अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास घोषणा गरिन्।

प्रकाशित: २६ माघ २०७६ ०१:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App