२६ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

एपिएफ र न्यु डायमन्डको विजयी सुरुआत

काठमाडौं – एपिएफ र न्यु डायमन्ड स्पोर्ट्स क्लबले १५औं संस्करणको सानमिगेल ढोरपाटन महिला डबल लिग भलिबल च्याम्पियनसिपमा सुखद सुरुआत गरेका छन् ।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको भलिबल कोर्टमा बिहीबारबाट सुरु भएको  प्रतियोगितामा  एपीएफले चुली युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित ग-यो। एपिएफले चुलीलाई २५–६,२५–५ र २५–१३ को सेटमा पराजित गरेको हो। त्यस्तै न्यु डायमन्डले पारा माउन्टलाई ३–१ को सेटमा पराजित गर्दै सुखद सुरुआत गरेको हो। पहिलो सेट २५–५ ले जितेको न्यु डायमन्डले दोस्रो सेट भने २१–२५ ले सुम्पियो। तेस्रो सेट २५–७ र चौथो सेट २५–७ मा जित हात पार्र्दै न्यु डायमन्डले नतिजा आफ्नो पक्षमा पारेको थियो।

यता त्रिभुवन आर्मी क्लबले सेब स्कुललाई  ३–० को सोझो सेटमा हराउने क्रममा २५–७,२५–४ र २५–८ को नतिजा ल्यायो। अर्को खेलमा बुलबुले रारा क्लबले चुलीमाथि २५–१४,२५–१४ र २५–१७ को सोझो  सेटमा जित निकाल्यो। ढोरपाटन स्पोर्ट्स क्लबको आयोजनामा जारी प्रतियोगितामा १० टोलीको सहभागिता छ। माघ २८ गतेसम्म चल्ने प्रतियोगिताको पहिलो चरणको लिगपछि शीर्ष ७ टोली दोस्रो चरणमा पुग्नेछन्। दोस्रो चरणको लिगपछि शीर्ष स्थानमा रहने टोलीले प्रतियोगिताको उपाधि जित्नेछ।

प्रतियोगिताको विजेताले नगद ४ लाख ५ हजार, उपविजेताले २ लाख ५ हजार र तेस्रो हुने टोलीले १ लाख ५ हजार पाउनेछन्। यस्तै चौथौ, पाँचाैँ, छैटाैँ र साताैँ स्थानको टोलीले क्रमशः नगद ७५ हजार, ५५ हजार, ४५ हजार र ३५ हजार हात पार्नेछन्।

प्रकाशित: १७ माघ २०७६ ०२:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App