१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

बंगलादेशी टोलीमा महमुद

मुसफिकर रहिम

ढाका – पाकिस्तानविरुद्धको तीन ट्वान्टी–२० शृंखलाका लागि बंगलादेशले शनिबार तीव्र गतिका बलर हसन महमुदलाई टोलीमा बोलाएको छ।

भारत भ्रमणअन्तर्गत अफगानिस्तान र जिम्बावेविरुद्धको शृंखलामा कप्तानी सम्हालेका नियमित ओपनर तामिम इकबाल टोलीमा फर्किएसँगै तीव्र गतिका बलर हसन पनि टोलीमा फर्किएका हुन्। बंगलादेशका मोसादेक हुसेन, अराफत सन्नी, ताइजुल इस्लाम र अबु हैदरको नाम फिर्ता लिइएको छ। हसन तीव्र गतिका बलर हुन् र उनमा राम्रो भविष्य छ। त्यसैले हामीले उनका लागि यो उपयुक्त समय भएको भन्दै टोलीमा बोलाएका हौँ,’ बंगलादेश क्रिकेट बोर्डका प्रमुख छनोटकर्ता मिनहाजुल एबेदिनले भने।

यसअघि विकेटकिपर ब्याट्सम्यान मुसफिकर रहिमले सुरक्षाको विषय देखाउँदै पाकिस्तान नजाने भनेर आफ्नो नाम टोलीबाट फिर्ता लिएका थिए। बंगलादेश क्रिकेट बोर्ड (बिसिबी) का अनुसार  ब्याटिङ प्रशिक्षक नील म्याकेन्जी, स्पिन बल प्रशिक्षक डानियल भेट्टोरी तथा फिल्डिङ प्रशक्षिक रायन कुकले पनि पाकिस्तान भ्रमणबाट आफ्नो नाम फिर्ता लिएको बताए। ३२ वर्षे मुसफिकर रहिमबिनाको बंगलादेशी टोली बुधबार पाकिस्तान प्रस्थान गर्ने तालिका छ। मैले धेरै पहिले नै टोलीमा सम्मिलित नहुने जानकारी बिसिबीलाई गराएको थिएँ,’ विकेटकिपर ब्याट्सम्यानले मुसफिकरले शुक्रबार भने, ‘मैले बोर्डलाई निवेदन पनि दिएको थिएँ। सुरक्षा विषयलाई लिएर मेरो परिवारले नजान सल्लाह दिएको हो।’

यस्तै मुसफिकरले पाकिस्तान सुपर लिग ट्वान्टी–२० बाट पनि आफ्नो नाम फिर्ता लिएका थिए। बंगलादेशले पाकिस्तानविरुद्ध खेल्दा मेरो लागि कुनै फाइदा छैन। पाकिस्तानमा सुपर लिगका सबै खेल खेल्ने तालिका आएसँगै मैले मेरो नाम ड्राफ्टबाट हटाएको हुँ,’ मुसफिकरले थपे, ‘पाकिस्तानमा अहिले सुरक्षादेखि क्रिकेटमा सुधार आएकोमा म विश्वस्त छु। यसअघि म पाकिस्तान पुगिसकेको छु। पाकिस्तानमा क्रिकेट खेल्नु ऐतिहासिक हो।’पाकिस्तानका अलराउन्डर साकिब अल हसन प्रतिबन्धमा परेकाले बंगलादेशी टोलीलाई केही सहज हुने देखिन्छ। राम्रो खेल्दै अनुभव लिनेमा विश्वस्त रहेको मुसफिकर रहिमले बताए।

बंगलादेशले पाकिस्तानसँग जनवरी २४ देखि २७ सम्म तीन ट्वान्टी–२० खेलेर स्वदेश फर्किने तालिका छ। खेल पाकिस्तानी सहर लाहोरमा हुनेछ। यस्तै बंगलादेश फेब्रुअरी ७ मा पहिलो टेस्टका लागि पुनः त्यसतर्फ जानेछ। अप्रिल ३ मा कराचीमा एकदिवसीय खेल खेलिसकेपछि अप्रिल ५ मा दोस्रो टेस्ट खेल्नेछ। विकेटकिपर ब्याट्सम्यान मुसफिकर रहिमले सुरक्षाको विषय देखाउँदै पाकिस्तान नजाने भनेर आफ्नो नाम टोलीबाट फिर्ता लिएका थिए।

प्रकाशित: ५ माघ २०७६ ०१:४२ आइतबार

क्रिकेट कप्तानी ब्याटिङ