१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

उद्घाटनमा एपिएफ र टप्सबीच प्रतिस्पर्धा


काठमाडौं –  तेस्रो संस्करणको होङ्गान्जी न्यु डाइमन्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको उद्घाटन खेलमा साबिक च्याम्पियन एपिएफ क्लब र पोखराको टप्स भिड्ने भएका छन्।

न्यु डायमन्ड स्पोर्ट्स क्लबको आयोजनामा बुधबारबाट सञ्चालन हुने प्रतियोगिताका लागि मंगलबार सार्वजनिक गरेको तालिकामा विभागीय टोली एपिएफले पोखरको टप्स माविसँग प्रतिस्पर्धा हुने उल्लेख छ। नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको कोर्टमा चार दिनसम्म सञ्चालन हुने प्रतियोगिताको दोस्रो खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लब र पारामाउन्ट इङ्लिस स्कुल भिड्ने तालिका  छ।

बुधबारै हुने तेस्रो खेलमा आयोजक न्यु डायमन्डले अर्को विभागीय टोली नेपाल पुलिसको सामना गर्दा दिनको अन्तिम खेल एपिएफ र पारामाउन्टबीच  हुनेछ। चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ७ टोलीले प्रतिस्पर्धा गर्दै छन्। आयोजक न्यु डायमन्ड स्पोटर््स क्लब, एपिएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, टप्स मावि पोखरा, पारामाउन्ट इङ्लिस स्कुल र ढोरपाटन स्पोर्ट्स क्लबले प्रतिस्पर्धा गर्दै छन्।

लिग कम नकआउटका आधारमा हुने प्रतियोगिताको पहिलो र दोस्रो दिन समान ४/४ खेल हुनेछन् भने दिनको तेस्रो दिन सेमिफाइनल खेल र अन्तिम दिन उपाधिका लागि  प्रतिस्पर्धा हुने तालिका रहेको छ। होङ्गान्जी बौद्ध समाजको मुख्य प्रयोजनमा आयोजना हुन लागेको प्रतियोगिताको विजेताले ४ लाख १ सय १ रुपैयाँ पाउनेछ भने उपविजेताले ३ लाख १ सय १, तेस्रोले १ लाख ५१ हजार १ सय १ र चौंथोले ५१ हजार १ सय १ रुपैया पाउने आयोजकले यसअघि नै पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ।

प्रकाशित: २३ पुस २०७६ ०६:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App