१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
खेल

आजदेखि सूर्य नेपाल सेन्ट्रल ओपन

काठमाडौं – सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ टुर २०१९–२०२० आजदेखि गोकर्ण गल्फ क्लबमा सुरु हुने भएको छ।

स्ट्रोक प्ले फरम्याटको आधारमा कुल ७२ होलमा हुने प्रतियोगिता सोमबारदेखि बिहीबारसम्म हुनेछ। ३६ होलको खेल समाप्तिपछि कटअफ नियम लागू हुँदा २१ प्रोफेसनल र तीन एमेच्योर गल्फरले बाँकी ३६ होलको यात्रा तय गर्नेछन्। प्रोतर्पm बराबरी भएमा २१ भन्दा बढीले पनि तेस्रो चरणमा स्थान बनाउन सक्नेछन्। कुल ४३ प्रोफेसनल गल्फरले प्रतिस्पर्धा गर्ने प्रतियोगिताको कुल पुरस्कार राशि ७ लाख रुपैयाँ रहेको छ।

विजेताले १ लाख २५ हजार, उपविजेताले ८० हजार र तेस्रोले ५८ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। शीर्ष २१ गल्फरले नगद पुरस्कार पाउनेछन्। यस संस्करणमा नेपाल नम्बर एक गल्फर भुवन नगरकोटी, शिवराम श्रेष्ठ र नव प्रो.गल्फरद्वय शुक्रबहादुर राई र टंकबहादुर कार्कीलाई दाबेदारको रूपमा हेरिएको छ। यस पटक नेपालका सर्वाधिक प्रो गल्फरले प्रतिस्पर्धा गर्दै छन्।

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा दोहोरो स्वर्ण पदक विजेता सुवास तामाङ र रितेश तामाङलाई एमेच्योरतर्पmका प्रमुख दाबेदारका रूपमा हेरिएको छ। नेपाल प्रोफेसनल गल्फर एसोसिएसनका अध्यक्ष रवीन्द्रमान श्रेष्ठले १२औं संस्करणसम्म आइपुग्दा यस प्रतियोगिताले प्रो र एमेच्योर दुवैतर्पm खेलस्तर बढाउने अवसर मिलेको बताए।      

प्रकाशित: ७ पुस २०७६ ०४:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App