९ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

चितवनको प्लेअफ सम्भावना बलियो

पोखरा - चितवन राइनोजले नमस्ते पोखरा प्रिमियर ट्वान्टी–२० क्रिकेट लिगको दोस्रो संस्करणमा लगातार तेस्रो खेलमा जित निकाल्दै प्लेअफको सम्भावना बलियो बनाएको छ। शुक्रबार एक्सपर्ट धनगढी ब्लुजलाई ५२ रनले हराउँदै तीन खेलसम्म अपराजित यात्रा कायम राखेको चितवन राइनोजले शीर्ष स्थानसहित प्लेफ सम्भावना बलियो बनाएको हो। शुक्रबारकै अर्को खेलमा पोखरा पल्टन भने तेस्रो हारसँगै लिग चरणबाटै बाहिरिने संघारमा छ। पोखरा चौथो खेलमा बुटवल ब्लास्टर्ससँग ८ विकेटले पराजित हुनपुग्यो।

बुटवल भने तीन खेलमा दोस्रो जित निकाल्दै लिगको दोस्रो स्थानमा छ। पोखरा रंगशालास्थित क्रिकेट मैदानमा पोखराले दिएको १ सय २२ रनको लक्ष्य बुटवलले १४ ओभरमै दुई विकेटको क्षतिमा पूरा ग-यो। बुटवलको जितमा ओपनर अफ्ताबुद्दिन अहमदले ७५ रनको आक्रामक इनिङ खेले। बुटवलले पहिलो विकेटको रूपमा शंकर रानालाई १९ रनमा गुमाएको थियो।

१०.४ ओभरमा शंकर आउट हुँदा बुटवलको खातामा ९७ रन थियो। अहमदले ४६ बलमा १२ चौका र दुई छक्का प्रहार गर्दै जिततर्पm डो-याए। हर्स टंक र भीम सार्कीको जोडीले तेस्रो विकेटको लागि १८ रनको साझेदारी गर्दै जित दिलाए। रसिद खानको बलमा हर्सले १३औं ओभरको अन्तिम बलमा छक्का हिर्काउँदै जित सुनिश्चित गरेका थिए।

त्यसअघि ब्याटिङ गरेको पोखराले ५ विकेटको क्षतिमा १ सय २१ रनको मध्यम स्कोर बनाएको थियो। बुटवलका ललित भण्डारीले पहिलो ओभरको दोस्रो बलमै कुशल भर्तुेललाई खाता नखोल्दै एलबिडब्लुको धरापमा पारे। अर्का ओपनर ईशान पाण्डेले पनि १३ रन बनाउन १९ बल खर्चिंदा पोखरा दबाब प¥यो। पोखरेली दर्शकले शरद भेषवाकरको कप्तानी इनिङ पनि देख्न पाएनन्।

शरद ७ रनमै पवेलियन फर्किएपछि पोखराको इनिङ धराशयी बन्यो। ठूला सट खेल्ने ब्याट्सम्यानको उपमा पाएका विनोद भण्डारी पनि ३ रनमै क्याच हुँदै क्रिज छाडे। पाँचौं नम्बरमा आएका रविइन्दर सिंहले भने पोखराको इनिङलाई उकासे। सिंहले समान २ छक्का र चौकाको मद्दतबाट ४५ रनको अविजित इनिङ खेल्दै पोखरालाई मध्यम योगफलत तर्पm डो-याए।

प्रथामेस डाके २० रनमा अविजित रहँदै सिंहलाई साथ दिएका थिए। बुटवलका हर्ष टंकले ४ ओभरमा १० रन मात्र खर्चिएर २ विकेट लिँदा नितेश थापाले एक ओभरमा ३ रन मात्र खर्चिएर १ विकेट निकाले।

चितवनको तेस्रो जित
अन्तिम तीन ओभरमा ५७ रन जोडेपछि चितवनले ५ विकेटको क्षतिमा धनगढीलाई १ सय ८२ रनको विशाल लक्ष्य प्रस्तुत ग¥यो। जवाफी ब्याटिङ गरेको धनगढीले निकै खराब सुरुआत गर्दा ८ विकेट क्षतिमा १ सय २८ रन मात्र बनाएपछि हार बेहो¥यो। पहिलो ओभरमै दुई विकेट गुमाएपछि धनगढी सुरुआतदेखि नै दबाबमा प¥यो। ओपनर सुभेन्दु पाण्डे रनआउटको शिकार हुँदा त्यसपछि आएका श्रीमान्थ विजयारत्ने पनि करण केसीको बलमा एलबिडब्लु धरापमा परे। पाण्डेलाई सन्नी पटेलले रनआउट गरेका थिए।

अर्का ओपनर रोड्रिगो थोमसले चौथो विकेटका लागि कप्तान दीपेन्द्रसिंह ऐरीसँग ५५ रनको साझेदारी गर्दै इनिङ सम्हाल्ने प्रयास गरे। तर, थोमस पनि २४ रनमा आउट भए। त्यसपछि दीपेन्द्रसिंहले पाँचौं विकेटको लागि सन्दीप जोरासँग ३८ रनको साझेदारी गरे। दीपेन्द्रसिंह पनि ४९ रनमै पवेलियन फर्किए। त्यसक्रममा उनले ४ चौका र २ छक्का हिर्काए।

त्यसपछिका ब्याट्सम्यान पनि लामो समय क्रिजमा टिक्न सकेनन् र धनगढीले फराकिलो हार बेहो¥यो। बुटवलका भुवन कार्कीले ३ तथा करण केसी र सन्नी पटेलले समान २ विकेट लिए। म्यान अफ दी म्याचको हकदार आरिफ शेख भए। त्यसअघि भरपर्दा बलर कमलसिंह ऐरीले पिपिएलकै खराब बलिङ गरेपछि धनगढी विशाल लक्ष्यको सामना गर्न बाध्य भयो।

समान चार ओभरमा कमलसिंहले ५२ रन र सागर ढकालले ४३ रनको खर्चिलो प्रदर्शन गरेपछि धनगढी विशाल लक्ष्य पछ्याउन बाध्य भयो। कमलले १८औं र अन्तिम ओभरमा मात्र ३८ रन खर्चिए। कप्तान दीपेन्द्रसिंहले पनि १९औं ओभरमा १९ रन नै खर्चिए। यता, मध्यम सुरुआत गरेको चितवनका सन्नी पटेल र आरिफ शेखले छैटौं विकेटका लागि ७२ रनको साझेदारी गर्दै विशाल योगफलतर्पm डो¥याएका थिए। सन्नी ३२ रनमा अविजित रहँदा आरिफ अर्धशतकबाट ३ रनले चुके।

सन्नीले एक चौका र तीन छक्का हिर्काए। आरिफले २० बलमा २ चौका र ४ छक्कासहित ४७ रनको योगदान दिएका थिए। दीपेन्द्रले चितवनका ओपनर रोहन मुस्तफालाई ९ रनमै एलबिडब्लुको शिकार बनाउँदै धनगढीलाई पहिलो सफलता दिलाए। अर्का ओपनर एवम् कप्तान पारस खड्काले २३ रन र बाबरले ३६ रन बनाएका थिए। चितवनका दीपेन्द्रसिंह र अनिल खरेल २÷२ विकेट लिन सफल भए।

अन्तिम तीन ओभरमा ५७ रन जोडेपछि चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८२ रनको विशाल लक्ष्य प्रस्तुत ग-यो। जवाफी ब्याटिङ गरेको धनगढीले निकै खराब सुरुआत गर्दा ८ विकेट क्षतिमा १ सय २८ रन मात्र बनाएपछि हार बेहो-यो।

प्रकाशित: ५ पुस २०७६ ०१:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App