११ मंसिर २०८१ मंगलबार
image/svg+xml
खेल

लिभरपुललाई रोक्दै एस्टन भिल्ला सेमिफाइनलमा

लन्डन – लिभरपुलले क्लब इतिहासमै सबैभन्दा कम उमेरका युवा टोलीलाई मैदान उतारेपछि ५–० को रबाफिलो जितका साथ एस्टन भिल्ला मंगलबार इङ्लिस लिग कपको सेमिफाइनल प्रवेश गरेको छ। लिभरपुलको टोलीबाट ५ खेलाडीले डेब्यु गरेका थिए भने खेलाडीहरूको औसत उमेर १९ वर्ष ६ महिना ३ दिन थियो।बुधबार हुने मोन्टेरीविरुद्धको क्लब विश्वकपको सेमिफाइनलका कारण प्रशिक्षक योर्गान क्लोप युरोपियन च्याम्पियन लिभरपुलको पहिलो रोजाइको टोलीसहित कतार पुगेका थिए।

‘हामी आज उत्कृष्ट रह्याैं,’ लिभरपुलका कार्यवाहक प्रशिक्षक निल क्रेच्लेले भने, ‘हामीले फ्रि किकमा दुर्भाग्यवश गोल खायौं र आफ्नै कमजोरीका कारण दोस्रो गोल पनि। हामी निकै कमजोर रह्यौ।तर यो नै अन्त्य होइन।’ १४औं मिनेटमा कोनर आवरिहानले गरेको गोलमा एस्टन भिल्लाले अग्रता लिएको थियो।

त्यसको तीन मिनेटपछि नै मोर्गान ब्बाइजले बललाई जाली चुमाउँदै भिल्लाको अग्रता दोब्बर पारेका थिए। ३७औं मिनेटमा जोनाथन कोड्जियाले  भिल्लाका लागि तेस्रो गोल गरे। पहिलो हाफको अन्तिम मिनेटमा जोनाथनले व्यत्तिगत दोस्रो गोल गर्दै  भिल्लाको अग्रता ४–० मा पु-याएका थिए। ९०औं मिनेटमा वेस्लीले बललाई पोस्टको दिशा दिँदै  भिल्लाको ५–० को जित पक्का गरेका थिए।

‘आजको खेल एकपक्षिय देखियो। मैले अहिलेसम्म मुख्य प्रतियोगिताको क्वार्टरफाइनलमा देखेको यो नै सबैभन्दा फराकिलो जित हो,’ भिल्लाका प्रशिक्षक डेन स्मिथले भने, ‘मैले पनि यसअघि युवा टोलीलाई प्रशिक्षण दिँदै आएको थिएँ। त्यसैले युवा खेलाडीले शीर्ष  स्तरमा गरेको प्रदर्शन तारिफयोग्य छ।’

दुई दिनमा लगातार दुई मुख्य प्रतियोगिताको क्वार्टरफाइल खेल्नुपर्ने भन्दै लिभरपुलले दुई प्रतियोगितामा दुई भिन्न टोली मैदान उतारेको हो। तर लिग कपको क्वार्टरफाइनलप्रति सम्मान नदेखाएको भन्दै लिभरपुललको यस निर्णय आलोचित बनेको छ।

प्रकाशित: ३ पुस २०७६ ०१:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App