२१ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

मेयरकप व्याडमिन्टन प्रतियोगीता सुरु

नगरपालिका स्तरिय मेयरकप व्याडमिन्टन प्रतियोगीता उद्घाटन गर्दै मेयर दिपनारायण रिजाल र उपमेयर बिणादेवी राई। तस्बिर: दमन/नागरिक

खोटाङ- खोटाङको दिक्तेलमा नगरपालिका स्तरिय मेयरकप व्याडमिन्टन प्रतियोगीता सुरु भएको छ। १ नम्बर प्रदेशभित्रका खेलाडीलाई जमघट गराएर धार्मिक तथा पर्यटकीयस्थलको बारेमा जानकारी दिँदै नगरपालिकाको पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउने लक्ष्यका साथ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा मंगलबारदेखि नगरपालिका स्तरिय मेयरकप व्याडमिन्टन प्रतियोगीता सुरु भएको हो।

दिक्तेलको माटिकोरेमा नौ वर्ष लगाएर निर्माण गरिएको कबर्डहलमा मेयर दिपनारायण रिजाल र उपमेयर बिणादेवी राईले पानसमा बत्ती बालेर व्याडमिन्टन प्रतियोगीता उद्घाटन गरेका हुन्। आगामी पुस ३ गतेसम्म सञ्चालन हुने प्रतियोगीतामा प्रथम स्थान प्राप्त टिमलाई नगद १ लाख ५१ हजार, दोश्रो हुने टिमले ८१ हजार र दुई सेमीफाइनलिष्ट टिमलाई ४१/४१ हजारका सामाथ मेडल र प्रमाणपत्र प्रदान गरिने नगरपालिकाले जनाएको छ।

प्रदेश नम्बर १ भित्रका नगरपालिकालाई मात्र सहभागी गराइएको प्रतियोगीतामा खोटाङसहित उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, भोजपुर, धनकुटा, संखुवासभा, सुनसरी, मोरङलगायतका १० जिल्लाका विभिन्न नगरपालिकाका ३४ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ। प्रतियोगीतामा झापा, ईलाम, पाँचथर र ताप्लेजुङका नगरपालिकाको भने सहभागिता नरहेको जनाइएको छ।

नगरपालिकाको पर्यटकीयस्थलको प्रचार–प्रसार गर्दै पर्यटन प्रवद्र्धनका लागि नगरपालिकाले जिल्ला व्याडमिन्टन संघसँगको सहकार्यमा नकआउट व्याडमिन्टन प्रतियोगीताको आयोजना गरेको हो।
 

प्रकाशित: १ पुस २०७६ १०:४० मंगलबार

मेयरकप व्याडमिन्टन प्रतियोगीता