१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

बार्सिलोना र नापोली भिड्ने, लिभरपुलको भेट एथ्लेटिको मड्रिडसंग

काठमाडौं– युरोपियन च्याम्पियन्स लिग फुटबलको प्रि–क्वार्टटरफाइन ‘ड्र’ सार्वजनिक भएको छ।

‘ड्र’ अनुसार स्पेनिश महारथी बार्सिलोना र इटालियन क्लब नापोली भिड्ने भएका छन्। त्यस्तै स्पेनिस क्लब रियल मड्रिड र इंलिस क्लब म्यान्चेष्टर सिटी पनि टप १६ मै भिड्ने भएका छन्।

यता डिफेन्सिफ च्याम्पियन लिभरपुल र स्पेनिस क्लब एथ्लेटिको मड्रिड पनि अन्ति १६ मै भिड्ने भएका छन्। 

जर्मन क्लब बोरुसिया डर्टमण्डले फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी)को सामना गर्ने छ। यस्तै, ईटालीयन क्लब एटलान्टाले स्पेनिस क्लब भ्यालेन्सियासंग प्रतिस्पर्धा गर्दा लण्डन क्लब चेल्सीले बुन्डेसलिगा च्याम्पियन बार्यन म्युनिखसंग भिड्ने छ। 

फ्रान्सेली क्लब लियोनले ईटालियन क्लब युभेन्ट्स र इंलिस क्लब टोटेनहम हर्ट्सपरले जर्मन क्लब आरबी लिपिजिगसंग भिड्ने छन्। अन्तिम १६ को पहिलो लेग फेब्रुअरी १८ बाट सुरु हुने छ। 

प्रकाशित: ३० मंसिर २०७६ १२:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App