२६ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

पुरुष फुटबलको फाइनलमा नेपाल, स्वर्णका लागि भूटानसंग प्रतिस्पर्धा गर्ने

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकूद(साग) अन्तर्गत पुरुष फुटबलमा नेपाल फाइनल प्रवेश गरेको छ।

नेपालले बंगलादेशलाई १-० शुन्य गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो। 

खेलको १२ औं मिनेटमा कप्तान सुजल श्रेष्ठको पासमा सुनिल बलले ६ यार्डबाट गोल गरेका हुन्। सो गोल नै निर्णायक गोल बन्यो।

पहिलो हाफ प्रतिस्पर्धी बनेको थियो। दोस्रो हाफमा भने बंगलादेश हाबी भएको थियो। बंगलादेशले ६० औं मिनेटमा पाएको उत्कृष्ट अवसारलाई गोलमा परिणत गर्न सकेन। ६४ औं मिनेटमा कप्तान सुजलको हेड बल बहिरिहएको थियो।

७५ औं मिनेटमा कप्तान सुजल घाइते हुँदै बाहिरिएका थिए। बाँकी १५ मिनेटको जिम्मेवारी विक्रम लामाले सम्मालेका थिए। खेलको अतिरिक्त समयमा बंगलादेशले पाएको सुनौलो अवसारलाई गुमाएको थियो।

अतिरिक्त समयको अन्तिम मिनेटमा बंगलादेशका कप्तानले रातो कार्ड पाएका थिए। उनले रेफ्री माथि हात समेत हालेका थिए। 

लिग राउन्ड रोविनको अन्तिम खेलमा नेपाललाई फाइनल प्रवेश गर्न बराबरी खेल नै काफी थियो। तर बंगलादेशलाई भने जितको विकल्प थिएन। जीतसंगै नेपाल १० अंक सहित समूह विजेता भएको छ। नेपालले फाइनलमा भूटानको सामना गर्ने छ। भूटान नौं अंक सहित समूह उप–विजेता भएको छ।  

चार खेल खेल्दा बंगलादेश जीत विहीन बनेको छ। नेपाल भने तीन खेलमा जीत र एक खेल बराबरी खेल्दै लिग चरण सकाएको छ।

नेपालले पहिलो खेल भूटानलाई ४ गोल अन्तरले पराजित गरेको थियो। उक्त खेलमा कप्तान सुजलले ह्याट्रिक गरेका थिए। सोही टिमसंग फाइनलमा प्रतिस्पार्धा गर्न पाउँदा नेपाल स्वार्ण पदकको लागि उत्साहित बनेको देखिन्छ। त्यस्तै दोस्रो खेलमा श्रीलंकासंग बराबरीमा रोकिएको थियो।

त्यस्तै तेस्रो खेलमा माल्दिभ्सलाई हिजो सनिबार मात्रै पराजित गरेको थियो। लगातार प्रतियोगितामा सहभागी हुँदा खेलाडीहरु थकित हुन्छन्। तर बंगलादेशसंग प्रतिस्पर्धा गर्दा नेपाली खेलाडी निकै फुर्तिला देखिए। 

भूटानले भने पहिलो पटक साग फुटबलमा स्वर्ण जित्ने अवसर पाएको छ। भूटानसंग आगामी मंगलबार फाइनल खेल हुने छ। उक्त खेलसंगै १३ औं साग पनि अन्त्य हुने छ। 

प्रकाशित: २२ मंसिर २०७६ १३:०३ आइतबार

साग फुटबल फाइनल