काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद(साग)को मिति नजिकिए पनि दशरथ रंगशालाको पुनर्निर्माण कार्यलले अझै पूर्णता पाउन सकेको छैन। सामान्य प्याराफिटतर्फ पनि सिट राख्ने कार्य जारी छ।
कतार विश्वकप २०२२ को छनोट खेलअन्तर्गत मंसिर ३ मा नेपालले कुवेतलाई आतिथ्यता प्रदान गर्दै छ। त्यसलगत्तै नेपालले १३औं सागको आयोजना थाल्नेछ।
दशरथ रंगशालाको प्यारापिटका लागि छानो शनिबारसम्म चीनबाट नेपाल आइपुग्ने राष्ट्रिय खेलकुद परिषद्(राखेप)ले जनाइसकेको छ।
प्रकाशित: २० कार्तिक २०७६ ०५:३७ बुधबार