लोडरको कम्पनले कालोपत्रे सडक भत्किने जोखिम हुन्छ । मंगलगढी चौकमा सुरक्षा निकाय भएपनि लोडरवालाहरुले दिनहुँ यसरी नै कालोपत्रे सडकमाथि लोडर चलाउने गर्दछन्।
शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले गुणस्तरीय, समावेशी र नवप्रवर्तनमुखी शिक्षा तथा युवामैत्री नीतिको प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएका छन्।
उनका अनुसार हावाहुरी र निरन्तर वर्षा भइरहेकाले पहिरो पन्छ्याउन निकै कठिनाइ भइरहेको छ। गतवर्षको बाढीपहिरोका कारण उक्त क्षेत्रको सडक क्षतिग्रस्त भएपछि खोलाबाटै अस्थायी सडक बनाएर सञ्चालनमा ल्याइएको थियो।
पुराना विद्यालयमध्येको एक भएता पनि कुनै समय यो विद्यालय विद्यार्थी र अभिभावकको रोजाइमा पर्न छाडेको थियो। प्रधानाध्यापक मनोजकुमार यादवका अनुसार केही वर्ष अघिसम्म विद्यार्थी सङ्ख्या पाँच सयको हाराहारीमा थियो।
उनको राजनीतिक यात्राले आजदेखि थप अर्को फड्को मारेको छ । जसले गर्दा पर्यटकीय राजधानी पोखरामा जन्मिएका उनलाई मुलुकको सिङ्गो पर्यटन क्षेत्र सुधारको जिम्मेवारी प्राप्त भएको छ ।