२३ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

लिज्टको निर्णायक गोलबाट युभेन्टसको जित

टुरिन – माथाइज डे लिज्टले उत्कृष्ट प्रदर्शन गरेपछि युभेन्टसले इटालियन सिरी ‘ए’ मा शनिबार टुरिनोमाथि १–० को संघर्षपूर्ण जित निकाल्दै लिग तालिकामा शीर्षता कायमै राखेको छ।

युभेन्टसलाई नै पछ्याइरहेको इन्टर मिलानले उसैको मैदानमा बोलोग्नामाथि २–१ को जित दर्ता गर्दा रोमेलु लुकाकुले लिगमा ९ गोल पूरा गरे। यसै सिजन मात्र इटालियन क्लबमा भित्रिएका लुकाकुले ९२औं मिनेटमा पेनाल्टीमार्पmत गोल गरेपछि इन्टरले सतप्रतिशत अंक प्राप्त गरेको थियो। साथै केही समयका लागि इन्टर पहिलो स्थानमा रह्यो।

यद्यपि, लिज्टको निर्णायक गोलपछि युभेन्टस शीर्ष स्थानमा फर्कियो। लिज्टले खेल सकिन २० मिनेट बाँकी छँदा युभेन्टसको लागि गोल गरेका थिए। जुन इटालियन क्लबका लागि उनको पहिलो गोलसमेत हो। माउरिसियो सारीको युभेन्टसले लिगमा दोस्रो स्थानको इन्टरसँग एक अंकको मात्र अग्रता बनाएको छ।

जितपछि लिज्टले महŒवपूर्ण खेलमा गोल गर्न सफल हुँदा खुसी भएको प्रतिक्रिया दिए। ‘आजको खेल एकदम महŒवपूर्ण थियो। हामीसँगै इन्टरले पनि खेलमा जित निकाल्यो। उक्त खेलमा गोल गर्न सकेको एकदम खुसी छु ,’ लिज्टले भने। इटाली बसाईको सुरुआत खासै राम्रो हुन नसकेको लिज्टले शनिबारको खेलको सुरुआतमा पनि गोल गर्ने अवसर पाएका थिए।

तथापी रेफ्री ड्यानियल डोभरीले अफ साइड दिए। नेदरल्यान्ड्सका अन्तर्राष्ट्रिय लिज्टले पहिलो हाफ अगाडि पनि गोलका लागि अवसर पाएका थिए। ७०औं मिनेटमा अर्जेन्टिनाका स्टार गोन्जालो हिग्वेनको पासमा लिज्टले भलि सटमार्पmत बललाई जाली चुमाए। त्यो गोल नै युभेन्टसको जितका लागि निर्णायक बन्यो। लिज्टले नयाँ क्लबमा सहजै लयमा आउने कठिन भएको बताएका छन्।

‘नयाँ क्लबमा आउँदा सहजै लयमा फर्किन कठिन भएको छ,’ लिज्टले भने,‘तर सबै सहकर्मीले साथ दिएका छन्। एकपछि अर्को खेलपछि लयमा फर्किने आशा गरेको छु।’  युभेन्टसले यस सिजन लगातार नवौं खेलमा जित निकालेको छ। लिगका ११ खेल सकिँदा युभेन्टसले दुई बराबरी गरेको छ।
यता इन्टरले भने ११ खेलमा समान १÷१ हार र बराबरीको नतिजा बेहोर्दा ९ जित निकालेको छ। इन्टरलाई सफलता दिलाउन बेल्जियन स्टार लुकाकुले लगातार उत्कृष्ट प्रदर्शन गरे। उनले ११ खेलबाट ९ गोल पूरा गरे। खेलको पहिलो हाफमा दुवै टोली गोलरहित बराबरीमा रोकिएको थियो।
तर, ५९औं मिनेटमा रोबर्टो सोरिनोले गोल गरेपछि इन्टर खेलमा पछाडि परेको थियो। यद्यपि, ७५औं मिनेटमा लुकाकुले गोल फर्काउँदै इन्टरलाई १–१ गोलको बराबरीमा पु¥याए। ९०औं मिनेटमा पेनाल्टी अवसर सदुपयोग गर्दै लुकाकुले इन्टरलाई २–१ को जित दिलाए।

प्रकाशित: १८ कार्तिक २०७६ ०६:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App