जुम्ला - जुम्लामा एथ्लेटिक्स खेलसँग आवद्ध खेलाडीले फापर खेती सुरु गरेका छन्। २५ सय वर्गमिटर क्षेत्रफलमा खेलाडीहरुले फापर खती थालेका हुन्।
खेलाडीको खर्च ब्यवस्थापनमा विभिन्न उपाय अवलम्वन गर्ने क्रममा फापरखेती थालिएको धावक हरीबहादुर रोकायाले बताए। उनले भने, ‘फापरखेती गर्दा खेलाडीको खर्च ब्यवस्थापन पनि हुने, पोषण खानेकुराको परिपुर्ति पनि हुने देखिन्छ।’ कर्णाली खेलकुद क्लबमार्फत फापरखेतीमा खेलाडी लागेका हुन्।’ धावक रोकाया भन्छन्,‘राष्ट्यि अन्तराष्ट्यि प्रतियोगितामा खेल्न जान निकै कठिन हुने गरेको थियो। अब उत्पादन बेचेर भएपनि खेलाडी पठाउन सकिने अवस्था भयो। ’ खेलाडी कृषि क्षेत्रमा लाग्न प्रोत्साहित हुनेछन्। खेल र कृषि क्षेत्रसँगसँगै बढाउँदा खेलाडीको बाँच्ने आधार तय हुनेछ।’
गाउँमा लोप हुन थालेको तिते फापर लगाइएको हो। यो फापरप्रति केजी ८० रुपैयाँमा बिक्छ। फापरको पिठो प्रतिकेजी एक सय ५० पर्छ। खेलकुद क्लवको आम्दानी पनि राम्रो हुन्े, खेलाडीको डायटका रुपमा प्रयोग हुने भएकोले फापरखेती अंगालेको कर्णाली खेलकुद क्लवका अध्यक्ष सरोज शाही बताउँछन्। उनले भने,‘खेलाडीलाइए उत्पादनसंग नजोड्दा खर्च ब्यवस्थापनमा समस्या हुने भयो। उत्पादनलाई ध्यान दिदै खेल क्षेत्रलाई जोड दिने मनसायका साथ अघि बढ्न थालेको हो।’
दैनिक दिन खेलाडी तालिम गर्छन्। पोषिलो खाना नास्ता नपाउदा निकै कमजोर हुदै जाने गरेका छन्। उनले भने,‘आफै खेलाडी उत्पादनसंग जोडिन सकेको खण्डमा आम्दानी पनि राम्रै हुने र पोषण आहारको व्यवस्था पनि हुने देखिन्छ।’ अहिले धावक हरीबहादुर रोकायासंगै झण्डै दुइ दर्जन बढी खेलाडीले तालिम लिदै आइरहेका छन्। बिहान बेलुका तालिम गर्छन्। दिउँसोको समयमा लगाएको खेती गोडमेल गर्छन्। खेलाडी लस्करै लागेर खेतिपातीमा लागेको देख्दा स्थानीय निकै खुसी हुने गरेका छन्।
फापर मात्र नभएर खेलाडीले त्यो क्षेत्रमा गाँजर, सिमी, हरियो सागपात समेत लगाएका छन्। यहाँ उत्पादित जुनसुकै तह तप्का खेलाडीको आर्थिक अवस्था निकै नाजुक छ । अभिभावकलाई खेल क्षेत्रमा प्रोत्साहित गर्ने तरिकाले खेतिपातीको कामलाई पनि प्राथमिकता दिन थालेको छ। खेलाडी घर फर्केर खेती किसानी नछाडुन भन्ने ध्याय रहेको धावक रोकाया बताउँछन्। फापर पोषणयुक्त पनि खाना हो।
सबै खेलाडी सदरमुकाम खलंगा बाहिरका छन्। उनीहरुले तालिमको मात्र खर्च तिर्नु पर्दैन्। पोषण आहारका लागि खर्च घरबाटै मगाउनु पर्छ । अहिलेको अवस्थामा महिनामा न्यूनतम १० हजार रुपैयाँसम्म खर्च हुन्छ। त्यो घरबाट मागेर सधैं सम्भव पनि छैन्। अब केही राहत मिल्न सक्छ। यसबाट हुने आम्दानीले पटक पटक खेल प्रतियोगिता आयोजना गर्न सकिनुका साथै खेलाडी खेल क्षेत्रमा टिकाइ राक्न मद्धत मिल्ने छ। गाउँमा फापर खेति लोप हुदैँछ। संरक्षण गर्न आवश्यक छ।
राज्यलाई खेलाडीले चिनाउँदै आएका छन्। तर राज्य खेलाडीको संरक्षणमा खासै लगानी गर्न सकेको छैन्, धावक रोकाया भन्छन्,‘राज्यको भर परेर यहाँको खेल क्षेत्रले प्रगति गर्नेवाला छैन्। स्वत स्फुर्त आफै आत्मनिर्भर बन्नु पर्ने जरुरी छ। जुम्लामा भइरहेको यो कार्य एक बलियो आधार हो।’ बीचमै खर्च ब्यवस्थापन नहुदा खेलाडी टिकाउन गाह्रो छ। म आफ्नो उत्तराधिकारी जन्माउन चाहान्छु।
तर आर्थिक स्रोत कमजोर हुँदा उत्पादन भएका खेलाडी कालापहाड र दैनिक मजदुरीमा लागेका छन्। घरपरिवारको हेला छन्। गाउँ समाजले खेलाडी भनेका भिखारी जस्तै ठान्छन्। अवसर देख्दैनन्। धावक रोकाया भन्छन्,‘यहाँका खेलाडीको अवस्था विश्लेषण गरेर खेतिपाती र आफ्नै मिल उद्योग स्थापना गरेर जीवन चलाउने प्रक्रिया थालिसकेका छौँ। ’ जुम्लाका खेलाडी खेल क्षेत्रमा निकै अब्बल छन्। जुनसुकै प्रतियोगितामा सामेल भएर पदक ल्याएर आउँछन्। तर घरको आर्थिक अवस्थाले अगाडी बढ्न दिदैन्। धावक रोकायाले उत्पादन गरेका खेलाडी अहिले भारतीय सेना, नेपाली सेना र प्रहरीमा छन्।
प्रकाशित: २६ आश्विन २०७६ ०४:२४ आइतबार