१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

सागका लागि टेबलटेनिस खेलाडी छनोट

काठमाडौं– नेपालमा हुने १३औँ दक्षिण एशियाली  खेलकूद (साग)का लागि टेबलटेनिस खेलाडी छनोट गरिएको छ। पुरुष र महिलातर्फ पाँच–पाँच खेलाडी छनोट गरिएको अखिल नेपाल टेबलटेनिस सङ्घका प्रथम उपाध्यक्ष धर्ममान बज्राचार्यले जानकारी दिए।

छनोट भएका खेलाडीमा पुरुषतर्फ नेपाल प्रहरीका विनेश खनियाँ, एपिएफका पुरुषोत्तम बज्राचार्य र शिवसुन्दर गोथे, प्रदेश ३ का संयोग कपाली तथा प्रहरीका सुनिल महर्जन रहेका छन्।

महिलातर्फ प्रहरीका नविता श्रेष्ठ र एलिना महर्जन, नेपाली सेनाका रविना महर्जन र दीक्षा तामाङ तथा एपिएफकी सिका सुवाल छनोट भएका छन्। पुरुषतर्फ शीर्ष बरियताका खेलाडी श्यान्टु श्रेष्ठ सवारी दुर्घटनामा परेका कारण छनोट प्रतियोगितामा सहभागी हुन पाएनन्।

‘श्यान्टुले शीर्ष ५ मा छनोट भएका सुनिलसँग पुनः छनोट प्रतियोगिता खेल्न अवसर पाउने छन्’, प्रथम उपाध्यक्ष बज्राचार्यले भने। रासस

प्रकाशित: १३ आश्विन २०७६ ०९:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App