१२ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

नेपाल पराजित

काठमाडौं– अपांगता भएका व्यक्तिहरूको स्ट्यान्डिङ क्रिकेट शृंखलाको पहिलो खेलमा नेपाल पराजित भएको छ। आइतबार बिहान भएको खेलमा भारतले नेपाललाई ६१ रनले पराजित गर्यो।

जावलाखेलस्थित सेन्ट जेभियर्स कलेजको खेलमैदानमा टस जितेर पहिले ब्याटिङ गरेको भारतीय टोलीले निर्धारित १५ ओभरको खेलमा चार विकेट गुमाएर एक सय ५६ रन बनायो। 

भारतलाई विशाल योगफलसम्म पुर्याउन कप्तान यादवुन्दर सिंह खेराले अविजित ४७ रन बनाए । यसैगरी, सुरेन्द्रर मेहराले ३६ र याहराले १२ रन बनाए।

नेपालका आरपी खरेल, तपरेस अन्सारी र ऋषिकेस कुर्मीले एक/एक विकेट हात पारे। एक सय ५७ रनको विशाल लक्ष्य पछ्यएको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो।

नेपालका लागि प्रदीप रिजालले अविजित ३१ रन बनाए। यसैगरी, समन बरालले ११ रन जोडे। भारतका इमरान मल्लिकले तीन विकेट लिए। 

प्रकाशित: ६ आश्विन २०७६ ०५:४८ सोमबार

स्ट्यान्डिङ_क्रिकेट अपांगता