१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

भारत सातौं पटक च्याम्पियन

कोलम्बो – डिफेन्डिङ च्याम्पियनसमेत रहेको भारत सातौं पटक एसिसी यु–१९ एसिया कपमा च्याम्पियन भएको छ। श्रीलंकाको राजधानी कोलम्बोमा शनिबार सम्पन्न फाइनलमा बंगलादेशमाथि ५ रनको रोमाञ्चक जित हात पार्दै भारत लगातार दोस्रो र समग्रमा सातौं पटक च्याम्पियन भएको हो।

कोलम्बोको आर प्रेमदासा रंगशालामामा निर्धारित ५० ओभरमा १ सय ७ रनको लक्ष्य पछ्याएको बंगलादेश ३३ ओभरमा १ सय १ रनमा समेटिएपछि भारतलाई उपाधि सुम्पिन बाध्य भयो। सुरुआतदेखि नै दबाबमा रहेपछि बंगलादेश ३३ ओभरमा १ सय १ रनमा अलआउट भयो।

बंगलादेशका दुई खेलाडीले मात्र दोहोरो अंकमा रन बटुल्दा मोहम्मद अकबर अलीले २३ रन र मोहम्मद मृत्युञ्जयले २१ रन बनाए। बंगलादेशले १८ अतिरिक्त रन पाएको थियो। खातामा १६ रन हुँदा नै बंगलादेशले चार विकेट गुमाएको थियो। बंगलादेशले पाँचांै विकेटका लागि २४ रनको साझेदारी गरेको थियो। भारतीय बलर हाबी हुँदा बंगलादेशका ब्याट्सम्यान एकपछि अर्को विकेट गुमाउन पुगेका थिए।

अन्तिममा नवौं विकेटका लागि रकिबुल हसन र तान्जिन हसनले २३ रनको साझेदारी गर्दै बंगलादेशलाई जितनजिक पु¥याएका थिए। ३२.२ ओभरमा दुई विकेट बाँकी रहँदा बंगलादेशलाई जितका लागि ६ रन आवश्यक थियो। यद्यपि, लगातार दुई विकेट गुमाएपछि बंगलादेश उपाधिनजिक पुगेर पनि हार्न पुग्यो। बंगलादेशलाई सस्तैमा रोक्न भारतका अथर्व एन्कोलेकर एक्लैले पाँच लिए।

आकाश सिंहले तीन विकेट लिँदा विद्याधर पाटिल र सुशान्त मिश्रले समान एक विकेट लिए। त्यसअघि ब्याटिङ गरेको भारतले ३२.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ६ रन मात्रै बनाउन सक्यो। भारतका करणलालले सर्वाधिक ३७ रन बनाउँदा कप्तान ध्रुव जुरेलले ३३ रनको योगदान गरे। शाश्वत रावतले १९ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

भारतका तीन ब्याट्सम्यानले खाता नै खोल्न सकेनन्। बंगलादेशका मृत्युञ्जय चौधरी र सहिम हसनले समान तीन विकेट लिए। तान्जिम हसन साकिब र साहिन आलमले समान १÷१ विकेट हात पार्दा भारतका दुई जना ब्याट्सम्यान रनआउट हुन पुगे।

प्रकाशित: २९ भाद्र २०७६ ०२:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App