१९ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

नादेज्दा कप महिला फुटबलः नेपालकाे पाेष्टमा उज्वेकिस्तानकाे २ गाेल

काठमाडाैं- किर्गिस्तानमा जारी नादेज्दा कप महिला फुटबल प्रतियोगितामा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ। किर्गिस्तानको काराकोलस्थित केन्द्रीय रङ्गशालामा आज भएको दोस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग २–० गोलअन्तरले पराजित भएको हो। सोही मैदानमा हिजो आइतबार भएको पहिलो खेलमा नेपालले किर्गिस्तानलाई ८–२ गोलले हराएको थियो।

जितसँगै दुई खेल खेलेको उज्वेकिस्तानले अपराजित रहँदै ६ अङ्क बटुलेको छ। हिजो भएको खेलमा उज्वेकिस्तानले ताजकिस्तानलाई १२–० गोलअन्तरले पराजित गरेको थियो। त्यस्तै समान दुई खेल नै खेलेको नेपालको तीन अङ्क छ।

नेपालले अब आफ्नो तेस्रो खेल भोलि ताजिकिस्तानसँग खेल्नेछ । नेपालले खेलको पहिलो हाफमा एक गोल खायो भने खेलको दोस्रो हाफमा पनि समान एक गोल नै खायो । उज्वेकिस्तानले खेलको ३४ र ५१औँ मिनेटमा गोल गरेको थियो।

नादेज्दा कपमा नेपालसँगै किर्गिस्तान, उज्वेकिस्तान र ताजकिस्तान सहभागी छन्। लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि भिड्नेछन्। प्रतियोगिताको फाइनल खेल यही भदौ २६ गते हुनेछ। रासस

प्रकाशित: २३ भाद्र २०७६ ०८:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App