९ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

किशोरीहरूको टोली घोषणा

काठमाडौं – असोज २२ देखि २८ गतेसम्म भुटानमा आयोजना हुने महिला साफ यु–१५ फुटबल च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार २३ सदस्सीय नेपाली किशोरी टोलीको नाम सार्वजनिक गरेको हो । मुख्य प्रशिक्षक राकेश श्रेष्ठले प्रारम्भिक चरणमा रहेका ४२ खेलाडीबाट २३ सदस्यीय अन्तिम टोलीको छनोट गरेका हुन् ।

भुटानको थिम्पुस्थित चाङलिमिथाङ मैदानमा आयोजक भुटानसहित नेपाल, भारत र बंगलादेशले सहभागिता जनाउँदै छन् । नेपालले भारतसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । नेपालले भारतसँग असोज २२ गते खेल्नेछ । यस्तै  दोस्रो खेल असोज २४ गते बंगलादेश र असोज २६ गते आयोजक भुटानसँग खेल्ने तालिका रहेको छ । राउन्ड रोबिन लिग प्रणालीमा सञ्चालन हुने प्रतियोगिताका शीर्ष दुई टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । गत संस्करणमा नेपाल चौथो भएको थियो ।

खेल तालिका

नेपालविरुद्ध
देश      मिति
भारत    असोज २२ गते
बंगलादेश    असोज २४ गते
भुटान    असोज २६ गते

नेपाली टोली
गोलरक्षक : सावित्री किशन, पूजा थापा, लीला जोशी
रक्षक : कुमारी तामाङ, सरु हमाल, मन्जु खड्का, प्रतीक्षा चौधरी, दिव्या एस्मली मगर, सविना चौधरी, पुष्पा गुरुङ
मिडफिल्डर : अनु राई, सुरक्षा सुखरिया, ममता पुन, सरा वज्राचार्य, मनमाया धामी, सुस्मा जिटी, मनीषा राउत, संकला राई, अस्मिता रानापत
स्ट्राइकर :  प्रीति राई, अमीसा कार्की, मन्दिरा राई, नीतिका थोकर

प्रकाशित: २० भाद्र २०७६ ०४:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App