१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

एभिसी सेन्ट्रल जोनः नेपालको खराब सुरुवात, कीर्गिस्तानसँग पराजित

काठमाडौं- एसियन भलिबल कन्फेडेरेशन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको उद्घाटन खेलमा नेपाल कीर्गिस्तानसँग पराजित भएको छ।

लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक तालीम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा आज भएको उद्घाटन खेलमा नेपाल कीर्गिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको हो।

कीर्गिस्तानसँग नेपाल पहिलो सेटमा २५–२३ ले पराजित भयो भने दोस्रो २५–२२, तथा खेलको तेस्रो तथा अन्तिम सेटमा पनि समान २५–२२ ले पराजित हुन पुग्यो। फाइनल पुग्ने लक्ष्य लिएर मैदान उत्रेको नेपाली टोली उद्घाटन खेलमा नै पराजित हुन पुग्यो।

यस जीतसँगै समूह ‘ए’ मा रहेको कीर्गिस्तानले सेमिफाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ। दुई अङ्क जोडेको कीर्गिस्तानले भोलि माल्दिभ्ससँग खेल्नेछ । हारसँगै नेपाललाई सेमिफाइनलको यात्रा तय गर्न दबाब बढेको छ। यही भदौ ४ गते बुधबार हुने माल्दिभ्स विरुद्वको खेलमा नेपालले जीत हासिल गरे सेमिफाइनल यात्रा तय गर्नेछ।

नेपालले पहिलोपटक आयोजना गरेको उक्त प्रतियोगितामा सात राष्ट्रको सहभागिता छ। आयोजक नेपालसहित बङ्गलादेश, माल्दिभ्स, अफगानिस्तान, कीर्गिस्तान, तुर्कमेनिस्तान र उज्वेकिस्तान छन्।

प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ। नेपालको समूहमा कीर्गिस्तान र माल्दिभ्स छन् भने समूह ‘बी’मा तुर्कमेनिस्तान, बङ्गलादेश, उज्वेकिस्तान र अफगानिस्तान छन्।

प्रकाशित: २ भाद्र २०७६ १४:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App