३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
खेल

थापाथलीद्वारा उपाधि रक्षा

ललितपुर – थापाथली चेस पार्क क्लबले तुल्सीलाल अमात्य स्मृति पाँचौं राष्ट्रिय क्लब टिम बुद्धिचाल प्रतियोगिताको उपाधि रक्षा गरेको छ।   च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा शनिबार सम्पन्न फाइनलमा इलामको गजुरमुखी चेस क्लबलाई अन्तिम टाइब्रेकरमार्पmत स्तब्ध पार्दै थापाथली चेस पार्क क्लबले उपाधि रक्षा गरेको हो।  अन्तिम टाइबे्रकरमा थापाथलीका क्षितिज भण्डारी नायक बन्दै आफ्नो टोलीलाई उपाधि दिलाए।  अन्तिम टाइब्रेकरको १–१ भिडन्तमा क्षितिजले गजुरमुखीका मनीष हमाललाई स्तब्ध बनाएका थिए।

त्यसअघि पहिलो राउन्ड र बिलिट्ज पहिलो टाइबे्रकर (३ मिनेट २ सेकेन्ड) मा बराबरी भएपछि खेल अन्तिम टाइब्रेकरतर्पm धकेलिएको थियो।  पहिलो राउन्डमा गजुरमुखी र थापाथलीको नतिजा २–२ को बराबरीमा सकिएको थियो।  थापाथलीका फिडे मास्टर रूपेश जैसवाल र गजुरमुखीका फिडे मास्टर हमालबीचको खेल बराबरीमा टुंगिँदा थापाथलीका भण्डारी र गजुरमुखीका प्रकाश नेपालको खेल पनि बराबरीमा सकिएको थियो।

अर्को खेलमा थापाथलीका आशिष फुँयालले गजुरमुखीका कृष्ण थापालाई हराउँदै अग्रता लिए पनि थापाथलीका सुमित पन्तले गजुरमुखीका रिजेन्द्र राजभण्डारीसँग हार बेहोरेपछि खेल बराबरीमा पुग्यो। 

त्यसपछि बिलिट्ज टाइब्रेकरमा पनि खेल २–२ बराबरीमै टुंगियो।  थापाथलीका आशिषले गजुरमुखीका कृष्ण थापालाई तथा क्षितिजले प्रकाश नेपाललाई माथ गरे पनि गजुरमुखीका मनीषले रूपेशलाई र रिजेन्द्रले सुमितलाई हराएपछि खेल अन्तिम टाइब्रेकरतर्पm पुगेको थियो।   तर, अन्तिम टाइब्रेकरमा क्षितिज भण्डारी नायक बनेपछि थापाथलीले उपाधिसँगै एक लाख ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त ग¥यो।  उपविजेतामै सीमित गजुरमुखीले एक लाख रुपैयाँमै चित्त बुझायो।   गोल्डेनगेट इन्टरनेसनल कलेजले तेस्रो स्थान प्राप्त ग¥यो।  लुम्बिनी इभेन्ट म्यानेजमेन्ट, रुकुमलाई ३–१ ले हराउँदै गोल्डेनगेट तेस्रो भएको हो।  

गोल्डेनगेटका पुरुषोत्तम चौलागाईं र लुम्बिनीका विवेक श्रेष्ठ, गोल्डेनगेटका भूपेन्द्र निरौला र लुम्बिनीका सुश्रुत दाहालबीचको खेल बराबरी भयो।  गोल्डेनगेटका शूरवीर लामाले लुम्बिनीका मिलन लामा र गोल्डेनगेटका मदनकृष्ण कायस्थले युवराज पौडेललाई हराउँदै आफ्नो टोलीलाई सहज जित दिलाए।  गोल्डेनगेटले नगद ६० हजार  पाउँदा लुम्बिनीले नगद ४० हजार रुपैयाँमा चित्त बुझायो।

६ दिने प्रतियोगितामा स्विस लिगमा भएको थियो।  ७ राउन्डको खेलमा व्यक्तिगत रूपमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरू गोल्डेनगेटका शूरवीर लामा, गजुरमुखीका मनीष हमाल, थापाथलीका क्षितिज भण्डारी, गोल्डेनगेटका मदनकृष्ण कायस्थ र सहिद शुक्र क्लबका प्रेमकृष्ण महर्जनले जनही पाँच हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे।  प्रतियोगिताका विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवाल, तुल्सीलाल स्मृति प्रतिष्ठानका सुरेन्द्रमोहन शर्मालगायतले पुरस्कार प्रदान गरेका थिए।  तुल्सीलाल स्मृति प्रतिष्ठानको सहकार्य, नेपाल बुद्धिचाल संघको आयोजना र ललितपुर स्पोटर््स क्लबको व्यवस्थापनमा भएको प्रतियोगितामा देशभरका २१ क्लबले प्रतिस्पर्धा गरेका थिए।  

प्रकाशित: १ भाद्र २०७६ ०७:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App