काठमाडौं – चितवनको रत्ननगरमा कात्तिक पहिलो साता आयोजना हुने तेस्रोे राष्ट्रिय खुला मैत्री तेक्वान्दो प्रतियोगितामा ४६ तौलसमूहमा प्रतिस्पर्धा हुने भएको छ । बुधबार रत्ननगर तेक्वान्दो डोजाङ, सरित सौराहा, न्यु स्टार र सौराह डोजाङले पत्रकार सम्मेलन गरेर प्रतियोगिता कात्तिक १ र २ गते हुने जनाएको हो ।
प्रतियोगितामा पुरुषका २४ र महिलाका २२ गरी ४६ तौलसमूहले प्रतिस्पर्धा गर्ने आयोजकले जानकारी दियो । साथै पुम्सेमा पुरुषको ५ र महिलाको ४ गरी ९ विधामा प्रतिस्पर्धा हुनेछ । सबै गरेर सहभागी खेलाडीले ६५ स्वर्ण, ६५ रजत र १ सय ३० कांस्यका लागि प्रतिस्पर्धा गर्ने आयोजक जनाएको हो ।
च्याम्पियनसिपमा सिनियर पुरुष र महिलाका ६–६ तौलसमूहका प्रतिस्पर्धामा प्रथम हुने खेलाडीले पुनः छनोट गरी सर्वोत्कृष्ट हुने तीन पुरुष र दुई महिलाले जनही एक÷एक लाख पुरस्कार प्राप्त गर्ने प्रतियोगिताका संयोजक पुष्प जोशीले जानकारी दिए ।
उत्कृष्ट पाँच खेलाडीले २०२० मा अमेरिकामा हुने १३औं अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो प्रतियोगितामा भाग लिने मौका पाउने आयोजकले जानकारी दियो । यसअघि पहिलो संस्करण काठमाडौंमा सम्पन्न भएको थियो भने दोस्रो संस्करण खोटाङमा भएको थियो ।
प्रकाशित: २३ श्रावण २०७६ ०२:३२ बिहीबार