२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

भारतसँगको मैत्रीपूर्ण भलिबल खेल स्थगित

काठमाडौं– एसियन भलिबल च्याम्पियनसिपको तयारीका लागि नेपालको भारतसँग तय भएको मैत्रीपूर्ण खेल स्थगित भएको छ।

आगामी साउन ९, १० र ११ गतेलाई तय भएका तीन वटा मैत्रीपूर्ण खेललाई भारतको भलिबल संघले अन्तिम समयमा आएर नखेल्ने जनाएको नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिए। ‘भारत हाल एसियन च्याम्पियनसिपको तयारीमा रहेकाले तत्काल मैत्रीपूर्ण नखेल्ने भन्दै हामीलाई जानकारी दिएको छ,’महासचिव चन्दले भने,‘भारत सरकारले आफ्नो भलिबल संघलाई नेपालसँगको मैत्रीपूर्ण खेल तत्काल नखेल्न आदेश दिएपछि भारतीय टोली नआउने जनाकारी पायौं।’

साउन अन्तिम साता काठमाडौंमा आयोजना हुन लागेको पुरुष टोलीको एभिसी सेन्ट्रल जोन प्रतियोगिताको तयारीमा रहेको नेपालले मनोबल बटुल्न भन्दै भारतलाई मैत्रीपूर्ण खेलका लागि आमन्त्रण गरेको थियो। भारतले पनि स्विकार गरेपछि मैत्रीपूर्ण खेल हुने पनि तय भएको थियो। तय भएको तालिकाअनुसार भारतको राष्ट्रिय पुरुष भलिबल टोली आगामी बुधबार काठमाडौं आउने कार्यक्रम थियो।

नेपालले पनि भारतीय टोली लागि सबै व्यवस्थासमेत मिलाइरहेको थियो। तर, अन्तिम समयमा भारतीय सरकारले व्यस्त कार्यतालिकाको कारण देखाउँदै रद्द गरेको महासचिव चन्दले जानकारी दिए। साउनको अन्तिम साता हुने पुरुष एभिसी सेन्ट्रल जोन साउन मसान्तमा काठमाडौंमा आयोजना हुँदै छ। उक्त प्रतियोगिताका लागि भनेर नेपालले नेदरल्यान्ड्सका नेहान एबिङले प्रशिक्षण गरिरहेका छन्।

प्रकाशित: ४ श्रावण २०७६ ०५:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App