१ मंसिर २०८१ शनिबार
image/svg+xml
खेल

बिमा बिनाको प्रतियोगिता हुँदैनः सदस्य सचिव सिलवाल

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवालले अबदेखि बिमा विनाको प्रतियोगिता नहुने बताएका छन्।

राखेप कर्मचारी संघले बिहीबार आयोजना गरेको राखेपका नवनियुक्त सदस्य–सचिव सिलवालको स्वागत तथा राखेपका निवर्तमान सदस्य–सचिव केशवकुमार विष्टको बिदाइ कार्यक्रममा सदस्य–सचिव सिलवालले सो कुरा बताएका हुन्।

'खेलाडी, प्रशिक्षक, अफिसियलको बिमा नगरिएको प्रतियोगिता मान्य हुँदैन। चाहे त्यो राष्ट्रिय प्रतियोगिता होस् वा अन्य प्रतियोगिता।बिमा गर्नै पर्छ।’ सदस्य–सचिव सिलवालले भने।

उनले खेलकुदलाई विवादको थलो बनाउन खोज्ने कुतत्वलाई सबै मिलेर सामाजिक बाहिष्कार गर्नु पर्ने बताउँदै  विगतमा भएका राम्रा कामलाई निरन्तरता दिने बताए।

उनले बाहिरबाट ल्याइएकाे व्यक्तिले नभइ परिषद्कै कर्मचारीले आफ्नो संस्थालाई मजबुत बनाउनु पर्ने बताउँदै आफ्नो कार्यकाल पारदर्शी, परिणाममुखी, स्वच्छ र अनुशासित हुने बताए।

  राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिनाले आफ्नो सिंगो अनुभव खेलकुदको विकासमा प्रयोग गर्ने बताउदै वर्तमान सदस्य–सचिवलाई खेलकुदको हितका निम्ति पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए ।

निवर्तमान सदस्य–सचिव विष्टले १३ औं दक्षिण एसियाली खेलकुद (साग) राष्ट्रकै प्रतिष्ठासंग जोडिएको विषय भएकाले समयमै हुनु पर्नेमा जोड दिदै यस विषयमा वर्तमान सदस्य–सचिव पनि सचेत रहेको बताए।

प्रकाशित: २६ असार २०७६ १३:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App